समायोजनको विरोधमा स्थानीय निकाय कर्मचारीको हडताल

शुक्रबार, २० पुष २०७५, ०७ : ०१ रितेश त्रिपाठी

वीरगन्ज - संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले गरेको कर्मचारी समायोजनले साविकका स्थानीय निकाय कर्मचारीलाई बेवास्ता गरिएको भन्दै वीरगन्ज महानगरपालिकामा कर्मचारी हडतालमा उत्रिएका छन्। चरणबद्ध आन्दोलनका क्रममा बिहीबारदेखि सुरु गरिएको हडतालका कारण यहाँ दिनभर कार्यालयको कामकाज ठप्प रह्यो।

यसअघि स्थानीय निकायतर्फका कर्मचारीले नगरप्रमुख विजय सरावगी र प्रमुख प्रसाशकीय अधिकृतलाई लिखित रूपमा आफ्ना माग राख्दै त्यसलाई नगर कार्यपालिका र नगरसभामार्फत नीतिगत निर्णय गरेर कार्यान्यवन गर्न भनेका थिए। ‘पटकपटक ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका र नगरसभाबाट पारित नगराई कथित संगठन तालिका एवम् दरबन्दी लागु गर्न खोजिएको’ स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल नगरपालिका कर्मचारी एसोसिएसन वीरगन्ज एकाइबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

‘यस नगरको आयश्रोत र साधनले धान्नै नसक्नेगरी निजामतीतर्फका कमचारी थुपार्ने काम भएको र स्थानीय तह कर्मचारीलाई होच्याइएकोले पुस १९ देखि सम्पूर्ण कामकाज अनिश्चितकालका लागि ठप्प रहने भेलामार्फत निर्णय गरिएको’ विज्ञप्तिमा उल्लेख छ। सो भेला बुधबार भएको थियो। कर्मचारीका मागको सुनुवाइ नभएपछि बाध्य भई आन्दोलनमा उत्रिनुपरेको स्थानीय तह कर्मचारी संघ नेपाल, वीरगन्ज महानगरपालिकाका अध्यक्ष मुकेश गुप्ताले बताए। मन्त्रालयको निर्णय निरंकुश शैलीमा आएको स्थानीय निकायतर्फका कर्मचारीको आरोप छ। यता निजामतीतर्फका कर्मचारीले मन्त्रालयको निर्णय स्वीकार गर्दै हडतालमा संलग्नता जनाएका छैनन्।

‘उहाँहरूले विज्ञप्तिमार्फत उठाउनुभएको विषय नगरको आयश्रोत र साधनले धान्नै नसक्ने कुरामा हामीले पहिलेदेखि नै अग्रसरता लिसकेका छौं,’ वीरगन्ज महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत डा. भिष्मकुमार भुसालले भने, ‘पूर्वसचिव मुकुन्दराज प्रकाश घिमिरे र तत्कालीन वीरगन्ज उपमहानगरपालिका कार्यालयका पूर्वकार्यकारी अधिकृत ताराबहादुर कार्कीको टोलीले अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम गरिरहेको छ।’ सो सर्वेक्षणले अहिले देखिएका आशंकालाई लेखाजोखा गर्दै निकाससमेत बताउने भएकोले आफूहरू त्यसलाई पर्खेको उनले बताए। यता कर्मचारी हडतालले सर्वसधारणलाई मर्का परेको छ। बिहीबार स्थानीय तह कर्मचारी कार्यालय ठप्प पार्दै धर्नामा बसेपछि सेवाग्राही कार्यालय हाताबाट निराश भई फर्के।

कर्मचारीसँग नौ बुँदे सहमति

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच नौ बुँद सहमति भएको छ। सरकारले ल्याएको समायोजन अध्यादेशविरुद्ध आन्दोलनमा रहेका कर्मचारीसँग बिहीबार राति सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो।

आधिकारिक ट्रेड युनियनको मागअनुसार समायोजनमा जाने कर्मचारीको वृत्ति विकासको सुनिश्चितता गरेको छ। समायोजनमा गएका कर्मचारी पुनः संघमा फकर्ने व्यवस्था गर्नुका साथै कर्मचारीको सेवासुविधा सुनिश्चित गर्ने प्रतिबद्धता सहमतिमा जनाइएको छ।

सरकारका तर्फबाट मन्त्रालयका सचिव दिनेश थपलिया र आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले हस्ताक्षर गरेका छन्। वार्तामा सहभागी युनियनका महासचिव सुबोध देवकोटा भने हस्ताक्षर नगरी बाहिरिएका छन्। देवकोटा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन ( संघ) बाट प्रतिनिधित्व गर्दै आएका छन्।

यसैबीच, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बिहीबार नै समायोजन फाराम भर्न कर्मचारीलाई आग्रह गरेको छ।







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad