८ वैशाख २०८१ शनिबार
खेल

खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने

काठमाडौं – मंगलबारदेखि धनगढीमा हुने तेस्रो खप्तड गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने भएका छन्।

बिहीबार आयोजक सुदूरपश्चिम–११ स्पोर्टसले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। मंगलबारबाट आयोजना हुने प्रतियोगिता धनगढी रंगशालामा हुनेछ।

प्रतियोगितामा ६ ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी, थ्री स्टार, संकटा, च्यासल युथ क्लब र दुई विभागीय टोली नेपाल पुलिस एवं एपिएफसहित आयोजक टोली, विदेशी दुई टोली र मोफसलका तीन गरी कुल १२ टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ।

यस्तै मोफसलका गोर्खा ब्वाइज स्पोटर्स रूपन्देही, मेची नेत्रालय काँकरभिट्टा, मोरङ ११ स्पोटर्स क्लबले सहभागिता जनाउँदै छन् भने विदेशीमध्ये भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लबले सहभागिता जनाउँदै छन्। सहभागी १२ टिमलाई ६–६ वटा गरेर दुई समूहमा विभाजन गरिएको छ। खेलतालिका सार्वजनिक गरिएको छैन ।

तेस्रो संस्करणको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछन्। उत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार पाउने आयोजकले जनाएको छ। प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २० पुस २०७५ ००:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App