coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेसामको उत्कृष्ट पुनरागमन, न्युजिल्यान्डद्वारा श्रीलंका पराजित

तौरङ्गा – जिम्मी नेसामले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेको दिन बिहीबार न्युजिल्यान्डले पहिलो एकदिवसीय खेलमा श्रीलंकालाई ४५ रनले निराश पारेको छ।

१८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका नेसामले १३ बलमा अविजित ४७ रन प्रहार गरेसँगै श्रीलंकाविरुद्धको एकदिवसीय शृंखलालाई विश्वकपको अभ्यासको रूपमा लिएको न्युजिल्यान्डले सुखद सुरुआत गरेको हो। उनले बलिङतर्फ ३८ रन खर्चंदै ३ विकेटसमेत लिएका थिए।

न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ७२ रनका लक्ष्य पछ्याएको श्रीलंकाले ४९ ओभरमा सबै विकट गुमाउँदै ३ सय २६ रन मात्र जोड्न सक्यो। कुशल परेराले शतक र विकेटकिपर निरोसान डिकबेलाले अर्धशतक  प्रहार गरे पनि  श्रीलंकालाई नतिजा आफ्नो पक्षमा पार्न त्यो योगदान पर्याप्त भएन। ८६ बल खेलेका परेराले १३ चौका र १ छक्काको मद्दतमा १ सय २ रनको योगदान गर्दा डिकबेलाले ५० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७६ रन प्रहार गरे। ८६ बल खेलेका परेराले १३ चौका र ३ छक्का प्रहार गर्दा  डिकबेलाले ५० बलमा ८ चौका र ३ छक्काको योगदान गरे।

१८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका न्युजिल्यान्डका नेसामले १३ बलमा अविजित ४७ रन प्रहार गर्नुका साथै विपक्षीको तीन विकेट समेत लिएका थिए।

ओपनर डिकबेलाले पहिलो विकेटका लागि अर्का ओपनर धनुष्का गुणथिलकासँग १७ ओभरभित्र १ सय १९ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुआत दिलाएका थिए। तर नेसामले १८आैं ओभरमा गुणथिलकालाई ४३ रनमा विकेटकिपर टिम साइफट र डिकबेलालाई २०औं ओभरमा बोल्ड गर्दै श्रीलंकालाई दबाबमा राखेका थिए। गुण्थिलकाले ८२ बलमा २ चौका प्रहार गरे।

परेराले तेस्रो विकेटका लागि ५० बलमा ५२ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकास्ने प्रयास गरे पनि एस साडीले मेन्डिसलाई १८ रनमा पवेलियनको बाटो देखाएसँगै श्रीलंकाको इनिङ धरमराएको थियो। त्यसपछि ब्याटिङका लागि आएका परेराले सम्हालिएको प्रदर्शन गरे पनि अन्य ब्याट्सम्यानले दरिलो साथ नदिँदा श्रीलंका निराश बनेको थियो।
न्युजिल्यान्डका नेसामले ३ तथा एस सोडी ल्युक फर्गुसन र ट्रेन्ट बोल्टले समान २ विकेट लिए। यस जितसँगै न्युजिल्यान्डले ३ खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७१ रनको लक्ष्य तयार पारेको थियो। २३ रन जोड्दा ओपनर कोलिन मुनरोलाई गुमाएको न्युजिल्यान्डको इनिङ दोस्रो विकेटका लागि अर्का ओपनर मार्टिन गुप्टिल र कप्तान केन विलियम्सनले १ सय ६३ रनको साझेदारी गर्दै उकासेका थिए। गुप्टिलले १ सय ३९ बलमा ११ चोैका र ५ छक्काको मद्दतमा १ सय ३८ रनको योगदान गर्दा विलियम्सनले ७४ बलमा ६ चौकाको मद्दतमा ७६ रनको योगदान गरे। त्यस्तै रस टेलरले ५४ रनको योगदान गरे। दोस्रो खेल शनिबार हुनेछ।

प्रकाशित: २० पुस २०७५ ००:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App