६ वैशाख २०८१ बिहीबार
राजनीति

सरकारले उखुको न्यूनतम मूल्य ताेक्याे

काठमाडाैं – सरकारले उखुको न्यूनतम मूल्य निर्धारण गरेको छ। विहीवार सिंहदरवारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६ दशमलव ५६ रुपैयाँ तोकिएको जानकारी दिए।

यस्तै सरकारले विज्ञापन नियमन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति समेत प्रदान गरेको छ। यस्तै मन्त्रिपरिषद्ले साक्षर नेपाल २०७६ को अवधारणा, जेष्ठ नागरिक सम्वन्धी ऐन २०६३ लाई संसोधन गर्न वनेको विधेयक संघीय संसदमा पेश गर्ने, गोरखापत्र संस्थानको सल्लाहकार सदस्यमा गोपाल खनाललाई नियुक्त गर्ने, वसोवास क्षेत्रका रुख हटाउन र मुक्त कमैया बसोवास क्षेत्रका रुख हटाई व्यवस्थापन गर्ने लगायतका १३ ओटा निर्णयहरु समेत सार्वजनिक गरेकाे छ।

सरकारले गत पुस १३ गते शुक्रवार र १६ गते साेमवार बसेकाे मन्त्रिपरिषद् बैठकले गरेका निर्णय विहिवार सार्वजनिक गरेकाे हाे।

त्यस्तै नेपाल सरकारले घोषणा गर्ने सार्वजनिक विदाका सम्वन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्री, सहरी विकास मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरिएकाेमा साे कार्यदलले विहीवार नै आफ्नो प्रतिवेदन समेत पेस गरेकाे छ। कार्यदलले १५ दिन थप सार्वजनिक विदाको लागि प्रस्ताव पेस गरेकाे छ।

 

प्रकाशित: १९ पुस २०७५ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App