पत्नीको रहस्यमय मृत्यु, हत्या शङ्कामा पति पक्राउ

शनिबार, १५ असोज २०७३, १५ : १६ नागरिक

भीमदत्तनगर-कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ ।

शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ ।’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने -“टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ ।”

मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताए ।

‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ ।’ रावलले भने – “घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं ।”

झलारी बजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका लागि यहाँस्थित महाकाली अञ्चल अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इप्रका झलारीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । महिलाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad