coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केन्द्र विवादको १ वर्ष, सर्वोच्च धाउँदै जनप्रतिनिधि

डोल्पा - ठुलीभेरी नगरपालिकाको केन्द्र विवादको मुद्दा सर्वाेच्चमा पुगेको एक वर्ष सम्मपनि फैसला नहुँदा जनप्रतिनिधिको सर्वोच्च धाउँदैमा एक वर्ष कार्यकाल वितेको छ।

२०७४ असार ३१ मा बसेको ठुलीभेरी नगरको पहिलो नगरसभाले सदरमुकाम दुनैमा रहेको केन्द्रलाई वार्ड नं ७ स्थित जुफालमा सार्ने निर्णय गरेको थियो। नगरको निर्णय र मागलाई सम्बोधन गर्दै सरकारले २०७४ फागुन १६ गते जुफालमै नगरको स्थाई केन्द्र कायम गरिएको सुचना राजपत्रमा प्रकासित गरेको थियो।

नगरका उपमेयर योगेन्द्रबहादुर शाही सहित वार्ड नम्बर १,२,३,४ र ५ का वार्ड अध्यक्षहरुले आफुहरुलाई जानकारी र छलफल नै नगराई किर्ते जालसाजी निर्णय गरेर केन्द्र सारेको प्रति असहमति जनाउँदै सदरमुकाम दुनैमा नै केन्द्र कायमगरि पाउँ भनेर ०७४ चैत ५ गते सर्वोच्चमा निवेदन दिए। उपमेयर शाही लगायतका दुनै समर्थक वार्ड अध्यक्षहरु र नगरका मेयर गणेश शाहीबीच पानी बाराबारको अवस्था कायमै छ।

दुनै समर्थक जनप्रतिनीधि र जुफाल समर्थक जनप्रतिनिधि केन्द्र विवादमा अल्झिदै आएका छन्। दुनै पक्षले केन्द्र विवाद समयदेखि सरकारले तोकेको नगरको जुफाल केन्द्र कार्यालय बहिष्कार गर्दै जुफाल नआई दुनैमा नै नगरको समानान्तर कार्यालय खोलेर कार्य गर्दै आएको बताएका छन्।

लामो समयसम्म जनप्रतिनिधि केन्द्र विवादमा अल्झिएपछि दुनै पक्ष समर्थक वार्डहरु बहिष्कृत केन्द्रबाट छनौट र बिनियोजित बजेट समेत स्वीकार नगरेको बताउँछन्। दुनैमा नगर केन्द्र कायम नहुन्जेल सम्म आफुहरुले जुफालबाट वितरित बजेट तथा योजनाहरु स्वीकार नगरेको बताउँदै विकास कार्यहरु ठप्प रोकिएको उपमेयर योगेन्द्रबहादुर शाहीले जानकारी दिए।

स्थानीय स्वयत्त शासन २०७४ को दफा १७ को उपदफा ४ ले नगर कार्यपालिकाकाे निर्णय सर्वसम्मत गर्न सक्ने तर सर्वसम्मत निर्णय हुन नसकेको अवस्थामा निर्वाचित जनप्रतिनिधिको गणपुरक संख्याको बहुमतको आधारमा निर्णय गरिनुपर्नेमा गणपुरक संख्या नै नपुगेको अवस्थामा बहुमत सदस्यलाई लत्याउँदै गैह्रकानुनी तरिकाले मेयर गणेश शाहीले नगर संचालन गरिरहेको आरोप उपमेयर शाहीले लगाए। सदरमुकाम दुनैमा नै केन्द्र हुनुपर्ने माग राख्दै आएका बहुमत वार्डहरुले अहिलेसम्म कुनैपनि बिकास निर्माणको रकम नलिएको उपमेयर शाहीले बताए।

ठुलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाहीले कर्णाली रोजगार लगायतका सबै योजनाहरु सम्बन्धित वार्ड अध्यक्षहरुले सिफारिस गरि संचालन भइरहेको र वार्ड ४ मा मात्र अहिले सम्म योजना तथा रकम बिनियोजन गरिदै आएपनि नलिएको र उपमेयरले लगाएको आरोपमा सत्यता नभएको समेत दावी गरे। ०७४ असार ३१ म बसेको नगरको पहिलो बैठकमै बहुमत जनप्रतिनिधिको निर्णयबाटै दुनैमा रहेको नगरको केन्द्र जुफालमा सरेकोमा दुनैमा नै केन्द्र कायम हुनुपर्ने माग राख्दै सर्वोच्चमा समेत मुद्दा परेकाले सम्मानित अदालतबाट निर्णय नआउन्जेल आफुले केहि नबोल्ने मेयर शाहीले बताए।

 

प्रकाशित: १९ पुस २०७५ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App