coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

काठमाडौं– प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकमा प्रतियोगिताको मिति बोर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ। । प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो। तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको हो। 

राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले प्रदेशबाट राष्ट्रिय खेलकूदमा सहभागी हुने खेलाडी÷प्रशिक्षक÷व्यवस्थापक÷सङ्घ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गरेको छ। साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकूदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकूदका लागि गठित विभिन्न उपसमितिलाई एक साताभित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु¥याउने गरी लुम्बिनी हुँदै नेपालगञ्जसम्म लाने निर्णय बैठकले गरेको छ । 

बैठकले प्रदेश छनोट र राष्ट्रिय खेलकूदका साथै दक्षिण एशियाली खेलकूद (साग)सम्म खेलाडी दुर्घटना बीमा गर्ने निर्णय गरेको छ । आठौँ राष्ट्रिय खेलकूदको मुख्य मिडिया सेन्टर नेपालगञ्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उपसमितिबाट छनोट भएका नमूनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकूद मन्त्रलयसँग समन्वय गरेरे टुङ्गो लउाउने निर्णय पनि बैठकले गरेको छ । रासस

प्रकाशित: १९ पुस २०७५ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App