coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

तस्बिरमा झल्कियो पुरानो पोखरा

पोखरा लेकसाइडमा प्रदर्शन गरिएको पुरानो पोखरालाई नियाल्दै दर्शक। तस्बिरः सन्तोष/नागरिक

पोखरा – एकसय वर्ष अघि पोखरा कस्तो थियो ? धेरैले यकिनका साथ भन्न सक्दैनन्। अहिले देखिने सुन्दर दृश्यले कतिपयले अनुमानको भरमा पोखराको बयान गरेपनि त्यो बेलाको अवस्था, घर, संरचनाबारे बयान गर्न सक्ने ज्ञान धेरैसँग छैन्।

त्यही संरचनाबारे जानकारी दिन पोखरामा झन्डै एकसय वर्ष अघि खिचिएका तस्बिरको यहाँ प्रदर्शन गरिएको छ। पोखरालाई चिनाउने गरी पुराना फोटोग्राफर दीर्घमान चित्रकारले पश्चिम नेपालको यात्राका क्रममा खिचेका ऐतिहासिक तस्बिरको प्रदर्शन गरिएको हो। तस्बिरलाई दीर्घमानका नाति किरणमान चित्रकारले लेकसाइडमा प्रदर्शन गरेका हुन्।

पोखरामा चलिरहेको सडक महोत्सवको अवसर पारेर बाराहीचोकस्थित रत्नमन्दिर परिसरमा गरिएको फोटो प्रदर्शनीको झन्डै ३ लाख दर्शकले अवलोकन गरेको चित्रकारले बताए। दीर्घमान एवं गणेशमान चित्रकार कला फाउन्डेसनले आयोजना गरेको ‘दीर्घमान चित्रकारको पश्चिम क्षेत्रको त्यो बेलाको यात्रा’ शीर्षक प्रदर्शनीमा ४२ वटा तस्बिर राखिएकका छन्।

दीर्घमानले पश्चिम नेपालको त्यो बेला यात्रा गर्दा यहाँको जीवनशैली, घर, संरचना, ऐनिहासिक सम्पदालाई तस्बिरमार्फत कैद गरेका थिए। श्यामश्वेत ती तस्बिर हेर्दा ती सम्पदामा अहिले आकाशजमिनको फरक देख्न सकिन्छ। ती चित्रले पोखराको पहिलेको अवस्था कस्तो थियो भनेर अनुमान गर्न सकिने चित्रकारले बताए। पोखराको बसाई, यहाँका घर, पोखरेलीको जीवनशैली सँगै पोखरा आसपासका क्षेत्रका तस्बिर पनि उनले प्रदर्शनीमा राखेका छन्।

पोखरा घुम्न आउनेलाई पुरानो पोखरा कस्तो थियो भन्ने देखाउने यो नै गतिलो अवसर हो। धेरै दर्शकले नयाँ र पुरानो पोखरालाई तस्बिरमार्पmत तुलना गर्न पाएका छन्।

‘पोखरा पहिले कस्तो थियो भनेर अहिलेका नागरिकलाई देखाउन खोजेका हुँ। त्यसले पोखराको वास्तविकता पनि झल्काउँछ’, उनले भने, ‘पोखराबाहेक अरु ऐतिहासिक ठाउँबारे पनि तस्बिरले स्पष्ट पार्नेछ।’ प्रदर्शनीमा राखिएको तस्बिरमा तनहुँको बन्दीपुर, गोरखा दरबार, मुस्ताङको मुक्तिनाथ मन्दिर र जनजीवन, गोरखा, लम्जुङ र नुवाकोटका राजाका दरवार, तनहुँको ढोरफिर्दी, स्याङजाको पुतलीबजार, पाल्पाको रानीमहल र गुल्मी, अर्घाखाँचीको ग्रामीण भेगलाई पनि समेटिएको छ। यीबाहेक पोखराको फेवातालको दृश्यभ mन आकर्षक छ।

उनले फेवातालको अतिक्रमण कुन रुपमा भएको रहेछ भन्ने पनि यो तस्बिरले देखाउने बताए। उनले आकारका हिसाबले पोखरा सयवर्ष अघि कुन रुपमा थियो भनेर यो तस्बिरले प्रस्ट्याउने जनाए। ‘इतिहास लेखेर मात्र होईन, तस्बिरमा पनि हुने रहेछ। पुरानो तस्बिरलाई बचाउन सक्ने हो भने इतिहास तस्बिरमा भेटिन्छ’, चित्रकारले भने, ‘पोखराको त्यो इतिहास मैले फोटोमार्फत प्रस्तुत गरेको छु। यसले धेरै दर्शकको मन छोएको छ।’ पोखराको फेवातालको यो आकार हेर्दा र अहिलेको अवस्था देख्दा धेरैले थकथक मान्ने गरेको उनले बताए।

फेवाताल मानवीय र प्राकृतिक अतिक्रमणमा परेको गुनासो सबैतिर भईरहँदा यी तस्बिरले वास्तविकता प्रस्ट्याउने चित्रकारले बताए। उनले पोखराको अवस्था थाहा पाउने भएकोले पर्यटकहरूले निकै नै उत्साहपूर्वक तरिकाले तस्बिर अवलोकन गरेको बताए। फेवातालको आकार, क्षेत्र र सिमाना प्रष्टसँग हेर्न सकिने उनले बताए। पोखराको बजार, बाटोघाटो,चोक र चौतारा फोटोमा देखिएका छन्।

लेकसाइडको मध्यभागको फुटपाथमा गरिएको प्रदर्शनीले धेरै आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न सकेको चित्रकारले बताए। ‘पोखरा घुम्न आउनेलाई पुरानो पोखरा कस्तो थियो भन्ने देखाउने यो नै गतिलो अवसर हो,’ उनले भने, ‘मैले त्यही अवसरलाई पर्खेको थिए। धेरै दर्शकले नयाँ र पुरानो पोखरालाई तस्बिरमार्पmत तुलना गर्न पाएका छन्।’

प्रकाशित: १९ पुस २०७५ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App