coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेमको तगारोमा ‘भिलेन’

काठमाडौं – नायिका शिल्पा पोखरेल र नायक निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ आगामी आगामी पुस २७ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ फिल्म रिलिजको लागि तयारी अवस्थामा रहेको जानकारी दिएको हो।

नायिका शिल्पाले फिल्ममा आफू चौधरी परिवारकी छोरीको भूमिकामा देखिने बताइन्। ‘मैले यो फिल्ममा नयाँ चरित्र पाएकी छु। एउटा चौधरी परिवारकी छोरीको भूमिकामा देखिँदैछु। दर्शकले मेरो भूमिकाबाट नयाँ स्वाद पाउनुुहुनेछ’, शिल्पाले भनिन्, ‘फिल्मले महिला प्रधान वा पुरुष प्रधान भनेर बोल्दैन्। दुई प्रेमीबीच आउने तगारो नै फिल्मको कथा हो।’

निर्देशक देवेन्द्र पाण्डेले फिल्ममा एक्सन र प्रेमकथाको मिश्रण पाइने बताए। ‘हामीले राम्रो फिल्म बनाएका छौं। फिल्म मनपराउने वा नपराउने भन्ने कुरा दर्शकको हातमा छ’, उनले भने, ‘फिल्मले तराई परिवेशलाई समेटेको छ।’

फिल्मका नवनायक कपिल खत्रीले नायिका शिल्पासँग फिल्ममा अभिनय गर्दा नयाँ र पुरानो जस्तो अनुभव नभएको बताए। ‘फिल्म पूर्ण मनोरञ्जनको हिसाबले बनाइएको छ। दर्शकले मनपराउनुहुनेछ भन्नेमा आशावादी छौं’, उनले भने।

द ग्लोबल पिक्चर प्रालिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्ममा निशा अधिकारी र कपिल खत्रीको पनि अभिनय छ। बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेको फिल्ममा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता छन्। राजकुमार श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि र लालकुमार बरालको संगीत तथा शुक्रराज शाहको द्वन्द्व छ।

प्रकाशित: १९ पुस २०७५ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App