८ वैशाख २०८१ शनिबार
कला

भ्रष्टाचार विरोधी ‘सयकडा दश’

काठमाडौं – हास्य कलाकार मनोज गजुरेललाई भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा प्रस्तुत गरिएको फिल्म ‘सयकडा दश’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा हालै आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

यही फिल्ममार्फत हास्य अभिनेता राजाराम पौडेल कार्यकारी निर्माता बनेका छन्। ‘पैसाको नाफाभन्दा पनि देशको नाफालाई प्राथमिकतामा राखेर फिल्ममा लगानी गरेको हुँ’, फिल्ममा भ्रष्टाचारी अधिकृतको भूमिकामा देखिने पौडेलले भने, ‘ जिन्दगीमा रहरले पैसा कमाउन फिल्म खेलें। तर, सयकडा दश खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भैरहेको छ।’ उनले युवालाई सयकडा दश हेर्न आग्रह गरे।

फिल्मका निर्देशक रामशरण पाठकले समाज र राजनीतिसँग फिल्मको कथावस्तु जोडिएकाले दर्शकले अपनत्व महसुस गर्ने बताए। फिल्ममा पाठककै लेखन छ। कलाकार गजुरेलले आफ्नो भूमिका दर्शकले मनपराउने बताए।

दर्शन नेपाल क्रिएसनको व्यानरमा निर्माण भएको फिल्ममा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्टको अभिनय छ। फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेको लगानी छ। फिल्म माघ १८ गते रिलिज हुँदैछ।

प्रकाशित: १९ पुस २०७५ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App