काठमाडौं – प्रेमकथाको फिल्म ‘प्रेमनाथ’को ट्रेलर तथा फष्टलुक सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा फिल्म युनिट र पत्रकार तथा सञ्चारकर्मीमाझ फिल्मको ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको हो।
ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्रथामिकता पाएका छन्। गणेश बेलबासेले २५ सय वर्ष अगाडिको कथामा फिल्म बनाएको दाबी गरे। ‘‘प्रेमनाथ’ अहिलेसम्म फिल्ममा प्रयोग भएका भन्दा कथा भन्दा फरक प्रेमकथाको छ। फिल्ममा एक्सन र प्रेमको फ्युजन रहेकाले दर्शकले मनपराउनेमा विश्वस्त छौं’, उनले भने।
फिल्ममा गणेशसँगै सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पुजा रिजाल, सिर्जना राईलगायतको अभिनय छ। आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउने फिल्मबाट कृति गौतम र मोनालिशा विष्ट अभिनयमा ‘डेब्यु’ गर्दैछन्। गुहेश्वरी बेलबासे निर्माता रहेको फिल्ममा कपिलप्रसाद द्वा कार्यकारी निर्माता तथा बसन्तराज भट्ट र मिलन राई सह–निर्माता छन्।
कार्यक्रममा फिल्मका विषयमा कलाकारहरू मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पुजा रिजालले फिल्म अभिनय र आफ्नो भूमिकाबारे बोलेका थिए। फिल्ममा भरत क्षेत्रीको द्वन्द्व, सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत, रजिन पाठकको नृत्य र सुमिन कार्की, सुरज पाण्डे तथा सञ्जय सहानीको छायांकन छ।
प्रकाशित: १९ पुस २०७५ ०३:२८ बिहीबार