coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पूजा नयाँ ‘मिस पूर्वाञ्चल’

सुनसरी – झापा, भद्रपुरकी पूजा श्रेष्ठले ‘नेपाल आइस मिस पूर्वाञ्चल २०१८’ को उपाधि जितेकी छिन्।  धरान–१५ स्थित इजी राइडर्समा भएको फिनालेमा उनले १३ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन्।

सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगितामा पूजाले ताजसँगै यामाहा कम्पनीको स्कुटर, हङकङ भ्रमणको अवसर र युएन कलेजको छात्रवृत्ति पाइन्। उनी एक नम्बर प्रदेशको प्रमुख पर्यटकीयस्थल भेडेटारको पर्यटन सद्भावनादूत’ समेत बनिन्।

प्रतियोगितामा धनकुटा, हिलेकी अनिला क्षेत्री ‘फस्ट रनर अप’ बन्दै एक लाख रुपैयाँ तथा इटहरीकी तपस्या रणपहेली ‘सेकेन्ड रनर अप’ हुँदै ५० हजार रुपैयाँ जितिन्। विधागततर्फ आकृति आचार्य ‘फेसअफ डिभाइन’, ‘डिभाइन मिस फोटोजेनिक’ र ‘बराह मिस मल्टिमिडिया’, सोनेता दाहाल ‘इजिराइडर वेष्टवाक’ र ‘पेप्सी मिस ट्यालेन्ट’, रुसाली केसी ‘क्विक्स मिस पब्लिक च्वाईस’ र ‘सुरेश स्टडी भिसा मिस इन्टिलेक्चुअल’, सलिना राजवंशी ‘वाईवाई मिस कन्जेनियालिटी’ र स्वस्तिका विसुंखे ‘पिएलओ मिस फिटनेस’ भए। उनीहरूले जनही १५ हजार पुरस्कार पाए।

प्रियारानी लामाको कोरियोग्राफी रहेको प्रतियोगितामा ‘मिस नेपाल वल्र्ड २०१८’ श्रृंखला खतिवडालाई आयोजकका तर्फबाट सौरभ श्रेष्ठले सम्मान गरेका थिए। प्रतियोगिताको निर्णायकमा वातावरणविद राजेन्द्र खनाल, कवि सुदिप पाख्रिन, गायक डिल्ली फोम्बो, सफ्टी हाइजिनका सिइओ भुवन ढकाल, स्त्रीरोग विशेषज्ञ डा.रोहित रिजाल, ‘मिस पूर्वाञ्चल २०१५’ प्रियंका श्रेष्ठ, फिल्मका पटकथाकार सामिप्यराज तिमिल्सिना, गायिका तथा नायिका विष्णु चेम्जोङ, हिड्न ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी, डिभाइन वाईनका ब्रान्ड म्यानेजर सञ्जु शाक्य निर्णायक थिए।

प्रकाशित: १९ पुस २०७५ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App