coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सहमतिको आधारमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर ।

प्युठान–प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मुलुक सकरात्मक गतिबाट अँघि बढेको बताउँदै सहमतिकै आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम रही रहेको जनाउँदै उनले संविधान कायान्वनको लागि कुनै कसर बाँकी नराख्ने  जनाए।

संविधान कार्यान्वयनको लागि ७ वटै प्रदेशमा उच्च अदालत कायम गरिएको  र तोकिएकै समयमा स्थानीय निकायको चुनाव गर्ने

बाढी पहिरो प्रभावित क्षेत्र प्युठानको अबलोकन गर्न प्युठान आएका प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार सबैलाई एकताबद्ध गराएर अँघि बढिरहेको जनाउँ दिँदै प्रधानमनित्रले कसैलाई पनि नछुटाई संविधान संशोधन र कार्यान्वयनमा जोड बल रहेको स्पष्ट पारे । संविधान कार्यान्वयनको लागि ७ वटै प्रदेशमा उच्च अदालत कायम गरिएको स्पष्ट पार्दै उनले तोकिएकै समयमा स्थानीय निकायको चुनाव गर्ने समेत जिकिर गरे।
यसैबीच प्युठानका बाढी पीडितहरुलाई भूकम्प पीडित सरह राहत उपलब्ध गराउने घोषणा गरेका छन्। बाढी पहिरो प्रभावित क्षेत्र प्युठानमा अवलोकन गर्न आएका प्रधानमन्त्रीले पीडितहरुको स्थायी पुनरवासको लागिप्रति परिवार ८ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता गरेका हुन्।
जिल्लामा गत साउन १० र ११ गते अविरल वर्षाका कारण जिल्लाको दर्जन बढी गाविसमा पहिरोमा पुरिएर ५२ जनाको मृत्यु भएको थियो। सो बेला दर्जनौ स्थानीयको घरवास गुमाएका थिए । ज्यान गुमाएका पीडित परिवार एवं बिस्थापित घर परिवारका सदस्यलाई सरकारको तर्फबाट राहत दिन सरकारको तर्फबाट कन्जुस्याई नहुने प्रतिवद्धता दोहोर्याएका हुन्।

घटस्थापनाको दिन पारेर प्युठान आएका प्रधानमन्त्रीले मृतकका परिवारलाई विशेष राहत स्वरुप दशैं खर्चका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने पनि घोषणा गरेका छन् । आफू नेतृत्वको सरकार बनेलगत्तै मृतकका परिवारलाई १ लाख रुपैयाँ दिने घोषणा गरेका प्रधानमन्त्रीले सरकार पीडितहरुको साथमा रहेको आश्वासन दिए।

प्युठानको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन तथा विशेष सम्बोधन कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल लुङ बाहानेमा आएका हुन्। उनले हेलिकप्टरबाट बाढी पहिरो प्रभावित क्षेत्र फोप्ली, लुङ, खवाङ लगायतका ठाउँ अबलोकन गरेका हुन्। पहिरोमा पुरिएर दर्जनौं स्थानीको मृत्यु भएको घटनाले आफूलाई मर्माहत बनाएको बताउँदै प्रधानमन्त्रीले सम्बन्धित कार्यालयलाई विशेष योजना बनाएर कार्यक्रम कार्यान्वयन गर्न पनि निर्देशन दिए।

१० वर्षे द्वन्द्वका बेला समेत प्युठानवासीको सहयोग उल्लेखनीय रहेको जनाउँदै प्रधानमन्त्री दाहालले पीडितको क्षति पूर्ति बारे सरकार गम्भिर भएको बताए। ‘द्वन्द्वका बेला तपाइँ प्यूठानीको साथ रह्यो’, उनले भने, ‘तपाइँको पीडामा सरकार साथमै छ ।’ लामो संघर्ष र बलिदानबाट यो मुलुक यहाँ सम्म आएको द्वन्द्वको स्मरण गर्दै प्रधानमन्त्रीले आफू गरीव जनताकै प्रधानमन्त्री भएको भन्न भ्याए।

विकासबाट प्युठानपछि परेको बताउँदै बिभिन्न निकायले बुझाएका ज्ञापनपत्र प्राथमिकताका आधारमा पूरा हुने आश्वासन दिएका छन् । नौंमुरे जलविद्युत उत्पादनका लागिसमेत नेपाल सरकार र बिदेशी लगानी लिएरै विद्युत उत्पादन गरीने पुनः प्रतिवद्धता जनाएका हुन्।

 

प्रकाशित: १५ आश्विन २०७३ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App