७ वैशाख २०८१ शुक्रबार
राजनीति

महिला नेतृत्वमा आए अनुकरणीय काम गर्छन् : राष्ट्रपति

झापाको गौरादह ५ मा रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको अवलोकन कार्यक्रममा सहभागी हँुदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : युवराज/नागरिक

दमक - राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू नेतृत्वमा स्थापीत भएपछि अनुकरणीय कार्य गर्ने गरेको बताएकी छिन्। उनले समुदायमा जागरुकता ल्याउन र कृषि क्षेत्रको विकासमा समेत महिलाको उल्लेखनीय योगदान रहेको बताइन्।

बुधबार झापाको गौरादहमा महारानीझोडा साना किसान सहकारी संस्थाको एकिकृत नमूना सहकारी खेती अवलोकनपछि आयोजित कार्यक्रममा उनले महिलाले नै गरेको उदाहरणीय कार्यको मुलुकभर व्यापकता पाउनुपर्ने उल्लेख गरिन्। ‘बढ्दो वैदेशिक पलायन रोक्नका लागि कृषिलाई आधुनिकीकरण गर्दै लैजानका लागि सहकारी खेती भरपर्दो देखिएको छ,’ उनले भनिन्, ‘यसले अन्य क्षेत्रमा समेत प्रभाव बिस्तार गर्दै लैजान जरुरी छ।’ गाउँका विपन्न र साना किसानहरुले थोरै पुँजीले सुरुवात गरिएको यो परियोजनाको प्रभावसँगै कृषि क्षेत्र व्यवसायिक बन्दै गएको उनको धारणा थियो। सहकारी मार्फत ठूलो पूँजी बनाएर विकास गर्दै लैजानु एउटा उदाहरणीय हो,’ उनले भनिन्, ‘सहकारीमार्फत विकास र आर्थिक भाइचार वृद्धि गर्न यो सहकारी नमुना बनेको छ।’

कृषिको रूपान्तरण र गरिबी न्यूनीकरणका लागि साना किसान अभियानलाई उपयोग गर्न सकिने उनको भनाइ थियो। ‘कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा बोकेको कृषिलाई विश्ववजारमा प्रतिस्पर्धात्मक बनाउनु पर्छ,’ भण्डारीले भनिन्, ‘कृषि क्षेत्रले युवा जनशिक्त आकिर्षत गर्न सक्नुपर्छ।’ उनले कृषि क्षेत्रमा परनिर्भरता हटाउनुपर्ने आवश्यक रहेको उनले बताइन्।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यवसायिक बनाउनका लागि कृषि सहकारीमार्फत यान्त्रीकरण गरिनुपर्ने बताए। कृषि औद्योगीकरण गर्न प्रदेश सरकारको प्राथमिकता रहेको बताउदै राईले भने, ‘कृषिको विकासबिना मुलुक समृद्ध हुन सक्दैन।’ महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले सहकारीमार्फत स्थानीयको विकासका लागि गरेका योगदानको चर्चा गरे। उनले कृषि विमा, पशु बिमा गर्नका लागि प्रदेश सरकारले काम अघि बढाउने बताए। ‘गरिबी न्यूनिकरणका लागि सहकारीको मुख्य भूमिका रहेको छ,’ उनले भने, ‘त्यसको विकासका लागि प्रदेश सरकारले योजना ल्याउँदैछ।’ प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले सहकारी मार्फत रोजगारीको सम्भावना रहेको र त्यसका लागि सबै निकाय विच समन्वय आवश्यक रहेको बताए।

सो असरमा गौरादह नगरपालिकाले राष्ट्पति भण्डारीलाई अभिनन्दन समेत गरेको थियो। नगर प्रमुख रोहित कुमार शाहले अभिनन्दन गरे। सो अवसरमा महारानीझोडा साना किसान सहकारीले जग्गालाई सेयर मान्दै एकिकृत नमुना खेती ५ वर्ष यता गरिरहेको छ।

जत्रुचौनको ८० बिगाह क्षेत्रमा विभिन्न खेती सहकारीमार्फत गरिदै आएको छ। सहकारी खेतीमा ७२ परिवार सदस्य रहेको संस्थाकी अध्यक्ष मीना ढकालले जानकारी दिइन्। सहकारीमार्फत अहिले २८ करोड रुपैयाँ ऋण लगानी भएको छ। संस्थामा सबै सदस्य महिला नै रहेका छन्। यस्तै राष्ट्रपति भण्डारीले झापाकै शिवसताक्षीमा रहेको चन्द्रडाँगी कृषि फर्मको समेत निरीक्षण गरेकी छिन्।

 

प्रकाशित: १९ पुस २०७५ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App