coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डिपिएलको अक्सन शनिबार

काठमाडौं – धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ देखि हुने तेस्रो संस्करण धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको अक्सनका लागि २ सय ५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

फागुन ११ गतेसम्म धनगढीमा हुने प्रतियोगिताका लागि खेलाडीको अक्सन शनिबार राजधानीमा हुनेछ। अक्सनमा सहभागी खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य २ लाख ५० हजार नगद तोकिएको छ। डिपिएलको प्रत्येक टोलीले एक ट्यालेन्ट हन्टबाट लिइएका र दुई विदेशी गरी १५ खेलाडीलाई  टोलीमा अनुबन्धित गर्नुपर्नेछ।

प्रतियोगितामा  कुल १९ खेल हुनेछन्।  ट्वान्टी–२० का आधारमा हुने प्रतियोगिताको  लिग चरणमा प्रत्येक टिमले एकअर्कासँग १–१ खेल खेल्नेछन्। लिगको समाप्तिपछि शीर्ष २ मा रहने टोलीले प्लेअफमा खेल्नेछन् भने तेस्रो र चौथो स्थानको टोलीले इलिमिनेटरमा प्रवेश पाउनेछन्।

प्लेअपको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले फाइनल अवसरका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ। डिपिएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो। पहिलो संस्करणमा उसले विराटनगर किङ्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।

प्रकाशित: १९ पुस २०७५ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App