६ वैशाख २०८१ बिहीबार
अर्थ

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट भाउ घटेर आएपछि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ ।
 स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरेपछि पेट्रोलको मूल्य लिटरको एक सय आठ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ९५ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले मूल्य घटाएको निगमले जनाएको छ । नयाँ मूल्य बुधबार राती १२बजेबाटै कार्यान्वयनमा आएको छ । निगमले पछिल्ला केही महिना निगमले १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । आइओसीले अंग्रेजी तारिक अनुसार १ गते र १५ गते पठाएको मूल्यका आधारमा निगमले पनि मूल्य घटबढ गर्छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । पछिल्लो पन्ध्र दिनको नाफा मिलाउँदा निगमलाई अझै करिब दुई अर्ब ३७ करोड रुपैयाँ पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । मूल्य समायोजन गरेपछि अन्य पेट्रोलियम पदार्थमा नाफा भए पनि खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ८० रुपैयाँ ६९ पैसा घाटा रहेको निगले जनाएको छ । मूल्य समायोजन गर्दा पनि भारतमा भन्दा सस्तोमा इन्धन बिक्री गरेको निगमको दाबी छ । सीमा क्षेत्रमा भन्दा नेपालमा पेट्रोल १० रुपैयाँ ४१ र डिजेल १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ । 

 

प्रकाशित: १८ पुस २०७५ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App