पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

बुधबार, १८ पुष २०७५, १८ : ३२ नागरिक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको हो। 

केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भातृ संगठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको बैठकले विभिन्न विषयमा ६ वटा निर्णय गरेको छ। साथै फागुन ७ गतेदेखि सञ्चालन हुने हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक छलफल पनि गरेको छ।

हिन्दुराष्ट्र पुनस्थापना लगायतका मागहरु राखेर पार्टीले फाल्गुन ७ बाट शुरु गर्ने जनसंघर्षको सन्दर्भमा फागुन ७ गते काठमाडौं उपत्यकामा संघीय सरकार, प्रदेश राजधानीमा प्रदेश सरकार तथा जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमा हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका मागहरु सहितको ज्ञापनपत्र दिने, ज्ञापनपत्रमा उल्लेख भएका मागहरु पुरा गर्न सरकारलाई फाल्गुन मसान्तसम्मको अल्टिमेटम दिने लगायत रहेका छन्। 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad