coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीद्वारा सडकमा बस्ने बालबालिका तथा असहायको उद्धार सुरु

काठमाडाैं - महानगरीय प्रहरी परिसर काठमाडौंले सडकमा बस्ने बालबालिका र असहायको उद्धार तथा पुनर्स्थापना सुरु गरेको छ। हिउँदे याममा चिसो बढेसँगै सडकमा रात विताउने असहाय बृद्ध, बृद्धा तथा बालबालिकाको जीवन जोखिममा रहेको र मृत्यु समेत हुने गरेको भन्दै प्रहरीले उनीहरुको जीवनरक्षा तथा पुनर्स्थापनाका लागि उद्धार अभियान सुरु गरेको हो।

काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार अभियानअन्तर्गत सडकमा रात बिताउन बाध्य असहाय महिला, पुरुष तथा बालबालिकाको उद्धार गरी परिवारमा पुनर्स्थापना गराइने छ। ‘उनीहरु के कारणले सडकमा आए, परिवार कहाँ छन् भन्ने कुरा समेत पत्ता लगाएर उद्धार तथा पुनर्स्थापना गर्छाैं’, उनले भने। उद्धार तथा पुनर्स्थापना अभियान मंगलवार रातिदेखि सुरु भएको छ। पहिलो दिन प्रहरीले कालिमाटी, स्वयम्भु, सितापाइला क्षेत्रबाट ७ जनाको उद्धार गरी हिमालय वृद्धाश्रम, गोंगबुमा पठाएको छ। वृद्धाश्रममा आश्रयका लागि पठाइएकामा भिमसेन बास्कोटा (४०), रवि थापा (५०), दिपेश राई (५५), नवराज ठकुरी (५४), राम काजी (४०), लक्ष्मण ढकाल (५०), ज्ञानेन्द्र सिंह (६५) रहेका छन्।

उद्धार गरिएका असहायहरुको परिवार तथा आफन्तको खोजी भइरहेको र आवश्यक उपचार, परामर्श समेत गरी पुनः समाज तथा परिवारमा पुनर्स्थापना गर्न आफूहरुले बिभिन्न संघ सस्थासँग समंन्वय गरिरहेको डिएसपी बोगटीले बताए। काठमाडौंको सडकलाई व्यवस्थित, सुरक्षित बनाउन तथा सडकमा जीवनयापन गर्न बाध्य मानिसहरूको जीवनमा परिवर्तन ल्याउन विभिन्न संघसस्था, सरकारी निकायसँग समन्वय गरी यो अभियानलाई अगाडि बढाइने प्रहरी परिसरको योजना छ।

प्रकाशित: १८ पुस २०७५ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App