८ वैशाख २०८१ शनिबार
समाज

आगलगी पीडितलाई राहत सामाग्री लिएर कालिकोट पुगे उपराष्ट्रपति पुत्र

कालिकोट- अखिल(क्रान्तिकारी) उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले कालिकोट पलाता खाडागाउँका आगलागी पीडितलाई राहत हस्तान्तरण गरेका छन्।

उनले अग्नीपीडित परिवार तथा विद्यार्थीहरुलाई राहत तथा शैक्षिक सामाग्री वितरण गरेका हुन्। उपाध्यक्ष दिपेश पुन,एब्सुलुट ईन्टरनेशनल प्रालिका अध्यक्ष नवीन थापा,विद्यार्थी नेताहरु देविचन्द्र उपाध्याय,तिलक उपाध्याय उपमेयर दर्शना नेपाली सहितको टोलीले पीडितलाई ओढ्ने, ओछ्याउने, न्यानो कम्बल, अत्यावश्यक भाँडाकुँडा, आगो निभाउने सामान लिएर कालिकोट पुगेका थिए।

पुनको खुट्टामा समस्या आएपछि आगलागी स्थल सम्म पुग्न गाह्रो भएपछि गाउँपालिकाको कार्यालयमासम्म पुगेर राहत सामग्री आगलागी पीडितहरुलाई बितरण गर्नेगरी पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई एकमुष्ट हस्तान्तरण गरेको पुनले बताए। पौष ९ गते मध्यरातमा भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेर ध्वस्त भएका थिए भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका थिए।

प्रकाशित: १८ पुस २०७५ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App