कूटनीतिक सम्बन्ध सुदृढ बनाउने चीन र अमेरिकाबीच प्रतिवद्धता

बुधबार, १८ पुष २०७५, ०९ : ०६ नागरिक

बेइजिङ – चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुवै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको जनाएका छन्।

सन् २०१८ मा बेइजिङ र वासिङ्टनबीच व्यापार विवादका कारण तनाबको स्थिति रहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धविराम गर्दै करवृद्धिको नयाँ योजना कार्यान्वयन गरेका छैनन्। गत शनिबार मात्र अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई टेलिफोन गरी नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताएको सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपतिलाई पठाएको सन्देशमा चिनियाँ राष्ट्रपति सीले दुवै मुलुकबीच समन्वय, सहयोग र स्थायित्व ल्याउन मिलेर कार्य गर्न चीन उत्सुक रहेको बताइएको छ।     

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको चार दशक लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न अमेरिका तत्पर रहेको बताएका छन्। पछिल्लो वर्ष चीन र अमेरिकाले एकअर्का मुलुकका करिब तीन सय अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका थिए। चिनियाँ व्यापारिक अभ्यास अनुचित रहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध व्यापारिक युद्ध नै चलाएका थिए। चीनको व्यापारिक अभ्यासप्रति युरोपेली संघ र जापानले पनि असन्तोष प्रकट गरिरहेका थिए।

अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न औद्योगिक राष्ट्रको शिखर बैठक जी–ट्वान्टीको अवसरमा दुवै राष्ट्र प्रमुखबीच तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो। व्यापारका क्षेत्रमा देखिएका विवादका विषयमा चीन र अमेरिकाबीच गम्भीर विचार विमर्श गर्ने सहमति उक्त भेटमा भएको थियो।    चीन र अमेरिकाबीच जनवरी १, १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सोही वर्ष चीनका नेता देङ सियाओपिङले संयुक्त राज्य अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई वासिङ्टनमा भेट गरेका थिए। त्यसयता दुवै मुलुकबीचको सम्बन्धमा नाटकीय रूपमा परिवर्तन आएको छ। विगत ४० वर्षमा ताइवान, मानवअधिकार र व्यापारका विषयमा चीन र अमेरिकाबीचको सम्बन्धमा उतारचढाव आएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad