सीमाक्षेत्रका मानवीय बस्ती खाली गरियो

शनिबार, १५ असोज २०७३, १० : २१ नागरिक

हक अल्लाहबक्स-भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।

दुई देशबीच तनाव अत्यन्त चुलिएकोले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न उनीहरूलाई सार्नु परेको भारतीय अधिकारीहरूको कथन छ ।

सीमा पारीबाट हुनसक्ने बम, गोला प्रहारबाट जोगिनका लागि काश्मिरका कतिपय ग्रामीण इलाकाका बासिन्दालाई सचेत गराइएको र घर छोडी अन्यत्र जानै नसक्ने अवस्था परेमा घर बाहिर ननिस्कनसमेत सूचना गरिएको छ ।

पाकिस्तानबाट हुनसक्ने सम्भावित खतरा र गडबडीलाई दृष्टिगत गरी उत्तरी पञ्जाब राज्यमा पनि पाकिस्तानी सीमाबाट दश किलो मिटर भित्रसम्मका ग्रामीण बस्तीलाई पनि अन्यत्र सारिएको बताइन्छ ।

सारिएकाहरूलाई स्थानीय विद्यालय, गुरुद्वारा वा मन्दिरको हातामा कडा सुरक्षाबीच अस्थायी बसोबास गराइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आफ्नो घरबार, सरसामान बालीनाली, बस्तुभाउ माया मारी बिरानो ठाउँमा आउनु पर्दा दुःखी हुनु परे ता पनि राष्ट्रका लागि अझै दुःख झेल्न तयार भएको एक व्यक्तिले बताएका छन् ।

यसैबीच, आफ्नो सीमाक्षेत्र भित्र जबर्जस्ती प्रवेश गरेको भन्ने आरोप लगाई पाकिस्तानले बन्दी बनाएको भारतीय सैनिकलाई मुक्त गर्न भारतले हरसम्भव प्रयत्न गरिरहेको बताइएको छ । रासस/एएफपी

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad