अनशन बस्न डा. केसी इलाममा

मङ्गलबार, १७ पुष २०७५, २० : ०५ भीम चापागाईं

इलाम– वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी १६औंं अनशन बस्ने तयारी गर्दै इलाम आएका छन्। तर, उनी कहाँ र कहिलेदेखि अनशन बस्ने भन्ने केही टुंगो लागेको छैन। 

सरकारसँग भएको सहमति यही पुस १७ (मंगलबार) सम्ममा पूरा गर्ने अल्टिमेटम थियो। जुम्लामा १५औं अनशन २७ दिन बसेका डा.केसीलाई काठमाडौं पु-याइएपछि गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। तर, लामो समय माग पूरा नभएपछि १६औं अनशनको चेतावनी दिएका डा.केसीलाई संसदीय समितिले केही दिन पर्खन भनेपछि उनले यही पुस १७ को अल्टिमेटम दिएका थिए।

मंगलबार रातिसम्म पनि माग पूरा नभए उनी इलाममै अनशन बस्ने तयारीमा रहेको डा.केसीनिकट स्रोतले बतायो। ‘अस्पतालमा अनशन बस्दा चाहिँ बिरामीलाई असर पर्ला भनेर अन्तै बस्ने हो कि भन्नेसम्मको कुरा डा.केसीसँग भएको छ,’ स्रोतले भन्यो, ‘तर, हामीलाई अनशन नै बस्ने कि नबस्ने र कहिलेदेखि बस्ने भन्ने केही स्पष्ट भन्नुभएको छैन।’ 

आउँदो २० गते प्रधानमन्त्री केपी शर्मा ओली पाँचथर र भोलिपल्ट इलाम सदरमुकाममा नागरिक अभिनन्दनका लागि आउने तयारी छ। प्रधानमन्त्री पूर्व आएका बेला डा.केसी पनि इलाममै अनशन बस्न लागेको हुनसक्ने आँकलन गरिएको छ। तर, केसी समर्थक डा. जीवन क्षेत्रीले डा.केसी इलाम पुगेको जानकारी आफूलाई भएपनि अर्काे चरणको अनसन बस्ने या नबस्ने भन्ने सूचना नभएको बताए। ‘डा. केसी एक्लै इलाम पुग्नुभएको छ भन्ने थाहा छ तर अनशनको तयारी हो या होइन भन्ने यकिन छैन,’ क्षेत्रीले भने, ‘हामीसँग अनशनबारे कुरा भएको छैन।’ 

क्षेत्रीले संसदीय समितिमा मंगलबार चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र बुधबार पुनः छलफल हुने, विधेयक संधोधनको माग पूरा नभए डा.केसी अनशन बस्ने सम्भावना रहने बताए। ‘आज (मंगलबार) सम्म डा.केसीले केही भन्नुभएको छैन, अब अरू भोलि नै थाहा हुन्छ,’ उनले भने। 

डा.केसी मंगलबार दिउँसो इलाम अस्पताल पुगेका थिए। उनी साँझसम्म जिल्लाका नागरिक अगुवा र स्वास्थ्यकर्मीहरूसँगै थिए। ‘डा.केसी दिउँसो अस्पताल आउनुभएको थियो, अहिले पनि हामीसँगै हुनुहुन्छ,’ इलाम अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.पवनजंग रायमाझीले साँझ भने, ‘के कार्यक्रमका लागि इलाम आउनुभएको भनेर सोध्दा डा.केसीले केही जवाफ दिनुभएन।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

भिभोको पहिलो AR ग्लास

भिभोको पहिलो AR ग्लास

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...