८ वैशाख २०८१ शनिबार
समाज

धादिङमा जीप दुर्घटना हुँदा १३ घाइते

दुर्घटनामा घाइेतलाई उपचारका लागि लगिदै ।

धादिङ– धादिङको नेत्रावती डावजोङ गाउँपालिका ५ विहारथोकमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट खनियावास गाउँपालिकाको डुुण्डुरेतर्फ जाँदै गरेको ना १ ज ७३९० नम्वरको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका विमला परियार, बाबुराम प्रसाद रिजाल, शिल्पा तामाङ, शंकर तामाङ, कुमार लामा, बुद्धि लामा र लिलाकुमारी तामाङलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ भने कपील खनाल र दुलाल तामाङको जिल्ला अस्पताल धादिङवेसीमा उपचार भइरहेको छ। 

त्यस्तै घटनास्थलबाट नै उद्धार गरि हेलिबाट काठमाण्डौ लगिएका घाइतेहरुमा खुसी तामाङ, नुम्दी तामाङ, चिहान तामाङ, नविना तामाङ रहेका छन्। जिल्ला प्रशासन र प्रहरीको समन्वयमा नेपाली सेनाको नाइटभिजन हेलिकप्टर मगाएर जिल्ला अस्पताल ल्याइएका ७ जना घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको हो।  

दुर्घटना लगत्तै केही घाइतेका आफन्तले दुर्घटना स्थलबाट हेलिकप्टरमार्फत घाइतेको उद्धार गरि काठमाडौं लगेका थिए। तर एम्वुलेन्स मार्फत जिल्ला अस्पताल ल्याइएको गम्भीर घाइतेलाई थप उपचारको लागि पठाउन खोज्दा चार्टर गरेको हेलिकप्टरले आफ्नो घाइतेमात्रै लगेपछि गम्भीर घाइते भएका खनियावास गाउँपालिका शंकर तामाङ २ घण्टासम्म चौरमा छट्पटिरहेका थिए। अपरान्ह २ बजे भएको दुर्घटनामा घाइतेहरुलाई ४ बजे जिल्ला अस्पताल ल्याइएको भएपनि साँझ ६ बजेमात्रै हेलिकप्टरले काठमाडौं लगिएको थियो।

जीप तीव्र गतिमा रहेको र अर्को बसलाई ओभरटेक गरिसकेपछि नियन्त्रण गुमाउँदा दुर्घटना हुन पुगेको घाइतेहरुको भनाई छ। 

प्रकाशित: १७ पुस २०७५ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App