coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलेरो दुर्घटना हुँदा ३ घाइते, १ काे अवस्था गम्भीर

तेह्रथुम – तेह्रथुमको फेदाप गाउँपालिका र आठराई गाउँपालिकाको संगमस्थल संगपुमा बलेरो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।

फेदाप ४ सम्दुको संगपुमा बलेरो सडकबाट करिब ७० मिटर तल खसेको हो। को१ज २४९२ नम्बरको बरेलो आठराई म्यङलुङ र्याप सडक खण्डमा दुर्घटना हुँदा फेदापका २५ वर्षीय एकराज लिम्बू, ३९ वर्षीय सनकुमार लिम्बु र २८ वर्षीय प्रशान राई घाइते भएका छन्।

घाइते राईको अवस्था गम्भीर रहेकोे स्थानीय इन्द्र नेपालीले बताए। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको सम्दु प्रहरी चौकीका प्रहरी साहयक निरीक्षक पदम श्रेष्ठले बताए।

प्रकाशित: १७ पुस २०७५ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App