मेगा बैंकका ग्राहकलाई विशेष सुविधा

मङ्गलबार, १७ पुष २०७५, १४ : ५५ नागरिक

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ। 

बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो। उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ। 

अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखाहरुमा पनि विस्तार गरिने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन। ‘हामीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्दै भन्ने मुलमन्त्र बनाएका छौं। तसर्थ, हरेक ग्राहक हाम्रो लागि मूल्यवान हुनुहुन्छ। उहाँहरुलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा सुरु गरेका हौं’, सिइओ खुञ्जेलीले भनिन। 

‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन्। जसले ग्राहकहरुलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ। 






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad