coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्रीलाई प्रश्नः पानी जहाज कहाँबाट चल्यो ?

फाइल तस्बिर

काठमाडौं– गत असार १४ गते एक सार्वजनिक कार्यक्रममा नेपालमा पानी जहाज चल्ने मिति तोकेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज संसदमा जहाज चलेको स्थानबारे जानकारी दिन माग गरिएको छ।

ओलीले पुस १६ गतेदेखि नेपालमा जहाज चल्ने घोषणा गर्दै जहाज चल्ने मिति टिपेर राख्न र टिकट काट्न  सबैलाई आग्रह गरेका थिए।प्रम ओलीको सोही भनाईलाई पकड्दै प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले त्यसबारे जानकारी दिने व्यवस्था सभामूखसमक्ष आग्रह गरेका हुन्।

‘गत असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १६देखि पानी जहाज चलाउने घोषणा गर्नु भयो। यो मजाक होइन पत्रकारले लेखिराख्नुस मानिस र सामान बोक्ने छ भन्नु भयो,’ संसदमा सुवालले प्रश्न गरे, ‘त्यो पानी जहाज कहाबाट चल्यो संसदमा जानकारी गराउने व्यवस्था गर्न सभामुख ज्यूमार्पmत  प्रधानमन्त्री समक्ष आग्रह गर्दछु।’

सोही क्रममा सुवालेले  मोरङको रानी भन्सारदेखि ६ किलोमिटर पूर्व दशगजामा भारतले एक तर्फी रुपमा २ सय मिटर लामो बाँध बाँधेको भन्दै भारतले खुला सिमाको नकारात्मक फाइदा उठाइरहेको र त्यसबारे यथार्थ जानकारी ससदलाई जानकारी गराउन माग गरे।

प्रकाशित: १७ पुस २०७५ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App