coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कादर खानको निधन

काठमाडौं - चर्चित बलिउड अभिनेता कादर खानको ८१ वार्षको उमेरमा क्यानडामा निधन भएको छ। श्वासप्रश्वासको समस्याबाट पीडित खानको केही समयदेखी क्यानडामा उपचार भइरहेको थियो।

क्यानेडियन समय बेलुकी ६ बजे खानको उपचारकै क्रममा अस्पतालमा निधन भएको खानका छोरा सर्फराजले बताएका छन्। विगत १७ हप्तादेखी क्यानडामा उपचार गराईरहेका खानको अन्तिम संस्कार क्यानाडामै गरिने सर्फराजले जनाएका छन्। अभिनेता खानका सम्पूर्ण परिवार क्यानाडामै रहेकाले उनको अन्तिम संस्कार पनि यहीँ गरिने बताइएको छ।

साथै अभिनेता खानका सुपुत्र सर्फराजले पिताको स्वास्थ्य लाभको कामना गरी प्रार्थना गर्ने सम्पूर्ण शुभचिन्तक प्रती धन्यवाद व्यक्त गरेका छन्।

सन् १९८०–९० को दशकमा चर्चाको शिखरमा रहेका खानलाई विगत केही वर्षयता श्वास फेर्न, हिडडुल गर्नसमेत निक्कै गाह्रो भइरहेको थियो। अफगानिस्तानको कावुलमा जन्मिएका अभिनेता खानले राजेश खन्नाको दाग चलचित्रवाट डेव्यु गरेका थिए। खानले ३०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन्। उनले २५० भन्दा बढि चलचित्रको लागि संवाद समेत लेखेका छन्। 

अभिनयमा आउन पूर्व खानले रनदिर कपूर– जया बच्चनको जवानी दिवानीको लागि संवाद लेखेका थिए। यसका साथै खानले लगातार रुपमा मनमोहन देसाई र प्रकाश मिश्रसँग मिलेर स्कृन राईटरको हैसियतले समेत काम  गरेका थिए। धर्मबीर, गंगा जमूना स्वरस्वती, कूली, देश प्रेम, सुहाग, पर्भरिस, र अमर अकबर चलचित्र मनमोहन मिश्रसँगै गरेका थिए। त्यस्तै ज्वालामुखी, सराबी, लावारिस, मुकन्दरका सिकन्दर लगायतका चलचित्रमा प्रकाश मिश्रसँग काम गरेका थिए।

चलचित्रमा विभिन्न किसमको भूमिकामा देखा पर्ने खान बलिउडमा निक्कै रुचाईएका अभिनेतामध्ये एक हुन्।

प्रकाशित: १७ पुस २०७५ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App