coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक महिनामा चार थान हतियार बरामद

काठमाडौं - काठमाडौंमा साना हतियारको बिगबिगी देखिएको छ। एक महिना यता काठमाडौंमा मात्रै चार थान साना हतियार फेला परेका छन्। काठमाडौंका विभिन्न स्थानबाट प्रहरी अपरेसनका क्रममा कमलपोखरी, जडिबुटी, सल्लाघारी र कपुरधाराबाट गरी चार थना पेस्तोल बरामद गरेको हो।

पछिल्लो पटक महानगरीय प्रहरी अपराध महाशाखाले प्रहरीले काठमाडौंले कपुरधाराबाट एउटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको रासकोट–२ का २० वर्षीय भोजराज खड्का छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार खड्काले हतियार कारोबार गर्ने गरेको सूचनाको आधारमा उनलाई लैनचौरस्थित उनको कोठाबाट हतियार पक्राउ गरिएको हो। कोठाभित्र लोबेडमुनि सो पेस्तोल भेटिएको एसपी उप्रेतीले बताए।

उनका अनुसार बरामद हतियार र गोली कुन प्रयोजनका लागि काठमाडौं ल्याइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। यसअघि सशस्त्र प्रहरीले गत मंसिरमा कमलपोखरी एक थान पेस्तोलसहित दुई जना र चार दिन अघि सल्लाघारीबाट एक थान पेस्तोलसहित चार जना र नेपाल प्रहरीले दुई दिनअघि जडिबुटीबाट एक थान पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: १७ पुस २०७५ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App