७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रसूति गराउँदा लापरबाही भएको भन्दै चिकित्सकविरुद्ध उजुरी

काठमाडौं - जनकपुरकी ३० वर्षीया पविता शाह प्रसूतिको लागि अस्पतालमा उपचाररत क्रममा चिकित्सकहरुद्वारा लापरबाही र दुव्र्यवहार भएको भन्दै शाहका पति दन्त चिकित्सक अजयकुमार शाहले उजुरी दिएका छन्। घटनाको छानबिन हुनुपर्ने तथा पाटन अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शारदा श्रेष्ठलाई कारबाही हुनुपर्ने भन्दै उनले नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललगायतका निकायमा उजुरी दिएका हुन्।

प्रसूति गराउन प्रतिष्ठान पुगेकी शाहलाई प्रसूति उपचारमा संलग्न चिकित्सक शारदा श्रेष्ठले उपचारको क्रममा त्रुटी गरेको र बरामी तथा बिरामीका आफन्तमाथि दुव्र्यवहार गरेको आरोपमा पति अमितले उजुरी दिएका हुन्। ‘बिरामीले डाक्टरलाई सिस्टर भनेर बोलाउँदा बिरामीलाई चर्को गाली गर्नुभयो। उहाँद्वारा ममाथि पनि पटक–पटक गालीको भाषा बोलियो,’ डा. शाहले भने।

यस विषयमा पाटन अस्पतालका निर्देशकसँग जानकारी दिँदा उनले दुव्र्यवहार गरेको प्रमाण तथा आधार नहुँदा अस्पताललाई छानबिन गर्न कठिन परिरहेको बताए। ‘उपचारमा त्रुटी भएको छैन। सम्बन्धित चिकित्सकले दुव्र्यवहार गरेको स्वीकार गर्नु पनि भएको छैन,’ उनले सोमबार नागरिकसँग भने। अस्पतालले एक पटक बोलाए पनि खास चासो नदिएको उजुरीकर्ता शाहको भनाइ छ। ‘एक पटक बोलाउनु भयो। त्यसपछि बोलाउने काम भएको छैन,’ उनले भने।

यस विषयमा नेपाल मेडिकल काउन्सिल अनुशासन समितिका सदस्य डा. ढुण्डीराज पौडेलले डा. शाहको उजुरीमाथि छानबिन प्रक्रिया अघि बढिरहेको बताए। ‘सोधपूछको काम भइरहेको छ,’ पौडेलले भने। घटना विवरण अनुसार जनकपुरकी पविता शाहको दोस्रो प्रसूति गराउन पुस १ गते पाटन अस्पताल लगिएको थियो। जनकपुरमा जचाउँदा शाहलाई सुरक्षित प्रसूति अस्पतालमा जान भनिएपछि उनीहरु पाटन अस्पताल आइपुगेका थिए। पुस २ मा चिकित्सकले शल्यक्रिया गर्न अपे्रशन थिएटरमा लगे।

शल्यक्रिया गर्न लगेको केही बेरमा स्वास्थ्यकर्मीले बिरामीको आफन्तलाई ‘बच्चाको स्थिति राम्रो छैन। हामीलाई सहयोग गर्नोस्’ भन्ने खबर लिएर आए। त्यसो भनेको झन्डै आधा घण्टामा फेरि अर्को खबर आयो। ‘सरी तपाईंको बच्चालाई बचाउन सकेनौं,’ भन्ने जानकारी चिकित्सकहरुले गराए।

डा. शाह उपचारमा संलग्न डा. श्रेष्ठले लापरबाही गरेको आशंका सुनाउँछन्। नियमित गर्भ जाँचका क्रममा कुनै समस्या नदेखिएको, मंसिर २६ गतेको भिडियो एक्सरेमा समेत तौल ३ केजी भएको बच्चाको स्थिति राम्रो भएको अवस्था थियो। पविताको अघिल्लो प्रसूति शल्यक्रियाबाटै भएकाले दोस्रो प्रसूति पनि शल्यक्रियामार्फत गराउन डा. शाहले मञ्जुरी दिएका थिए। अन्तिम समयसम्म स्थिति राम्रो भएको बच्चाको मृत्युको कारण पत्यारिलो नभएको, डा.श्रेष्ठले आफू र आफ्नी पत्नीमाथि बारम्बार दुव्र्यवहार गरेकोलगायतका कारणले डा. श्रेष्ठमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। ‘म जस्तो चिकित्सक पेशाकै परिवारप्रति नराम्रो व्यवहार गरिन्छ भने आम नागरिकको अवस्था के होला...’ उनले नागरिकसँग भने। पविताले पनि अपरेसन थिएटरमा ‘यो कुरा बाहिर नजाओस्’ भनेको सुनेकाले पनि उपचारमा गम्भीर लापरबाही भएको हुनसक्ने र त्यसको छानबिन हुनुपर्ने उनको माग छ।

प्रकाशित: १७ पुस २०७५ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App