८ वैशाख २०८१ शनिबार
राजनीति

विवेकशील साझामा खटपट

काठमाडौं – १६ महिनाअघि गठन भएको विवेकशील साझा पार्टीमा खटपट देखिएको छ। उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो। तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिका एक वर्षमा पार्टीले समातेको बाटो गलत भएको थापाले निष्कर्ष निकालेका छन्।

१८ पृष्ठ लामो समिक्षा प्रतिवेदन तयार गर्दै थापाले भनेका छन्, ‘न नेतृत्व विकास भएको छ न उल्लेखनीय संख्यामा सदस्यहरू थपिएका छन्। दल संकुचित नीति र निर्णयको बन्दी भएको छ।’ दलका धेरै उर्जाशील सदस्य र शुभचिन्तकहरू निरूत्साहि बनेको आरोप लगाउँदै उनले वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भनेको विवेकशील साझा पार्टीले आफ्नो निश्चित परिपाटीसमेत बसाल्न नसकेको दाबी गरे।

राजनीति गर्ने ढंग आफ्नो पार्टीले देखाउन नसकेको पनि उल्लेख गरेका छन्। नागरिकले प्रत्यक्ष देख्नसक्ने समाजसेवामुखी अनि मूल्यमान्यतामा केन्द्रित राजनीतिलाई पृथकताको मूल कारण बनाउने ढंग नपुगेको उनको बुझाइ छ। ‘नेतृत्वमा भएको अँध्यारोमा भूत देख्ने चरम शंकालु प्रवृत्ति प्रदेश तहमा पनि फैलिँदै गएको छ,’ उनले भनेका छन्, ‘ऊर्जाशील सदस्यले विगतको पृष्ठभूमिका आधारमा आफूमाथि विभेद भएको छ र जिम्मेवारी नदिएको हो कि भन्ने शंका दिनप्रतिदिन बढ्दै गएको छ।’

प्रकाशित: १७ पुस २०७५ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App