७ वैशाख २०८१ शुक्रबार
राजनीति

कमल थापालाई गगनको चेतावनी : पूर्व मण्डलेले कांग्रेसलाई सिकाउनु पर्दैन

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीभित्र एकता औल्याएका छन्। कांग्रेसभित्र एकता नहुँदा पूर्व मण्डले कमल थापाले अर्काे मञ्चमा राष्ट्रिय मेलमिलाप दिवस मनाएको र यो कांग्रेसलाई गिज्याउने काम भएको भन्दै नेता थापाले कुनै पूर्व मण्डलेले नेपाली कांग्रेसलाई सिकाउनु नपर्ने चेतावनी दिए। ‘राष्ट्रलाई कसरी जोगाउने भनेर कांग्रेसलाई सिकाउनु पर्दैन’, उनले भने। 

राष्ट्रिय मेलमिलाप दिवसमा गगनले यसो भनेः

विपी कोइरालाले यसो भन्नुभएको भनेर मन लाग्ने पृष्ठ, आफ्नो इतिहासको पुस्तकको मन लाग्नेपाना, मन लाग्ने हरफ उद्धरत गर्दै कांग्रेसभित्र अल्मिलिएर बस्यौ भने आज एउटा अर्काे मञ्चमा कमल थापा राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै हुनुहुन्छ। यसले कांग्रेसलाई गिज्याइरहेको छ। कुनै पूर्व मण्डलेले नेपाली कांग्रेसलाई सिकाउनु पर्दैन। कांग्रेसलाई राष्ट्रलाई कसरी जोगाउने भनेर सिकाउनु पर्दैन। जसको पार्टीको नेता जीवनपर्यन्त त्यही मण्डले परिवेशसँग जुध्नुप¥यो, जसको कारणले गर्दा पार्टीका कैयौ नेताहरुले आफ्नो योवन गुमाउनुप-यो। जसका कारणले गर्दा पार्टी आज यत्रो लामो समयसम्म नेपालको प्रजातान्त्रिक आन्दोलन आज २०१५  सालको विपी सरकार स्थायी भएको ६० वर्षको प्रजातान्त्रिक इतिहासका साथ गर्वका साथ उभिएको हुन्थ्यो। त्यो ऐतिहासिक अवसर गुमाउनुप-यो। आज केही  पात्र र प्रवृत्ति हाम्रो बीचको वैचारिक अलमलले गर्दा हामीलाई लडाउने प्रयास गर्छन।

हामीले यसरी सोच्नुपर्छ कि आज विपी कोइराला भएको भए के गर्नुहुन्थ्यो? विपी भएको भए हिजो हिंसाको चक्रव्युहमा परेको नेपाललाई जसरी गिरिजाप्रसाद कोइरालाले बाहिर ल्याएर आउनुभयो माओवादीसँग शान्ति प्रक्रिया गरेर, असफल भएको संविधानसभाको बीचमा उभिएर जसरी सुशील कोइरालाले संविधानसभालाई सफल बनाउनुभयो, संविधान निर्माणको काम टुंग्याउनुभयो र शेरबहादुर देउवाले असम्भव जस्तो लागेको निर्वाचन गराएर संविधानलाई जोगाउनुभयो। त्यो जोगाएको संविधानमा विपी गौरव गर्दै भन्नुहुन्थ्यो, आजको दिनमा नेपालको राष्ट्रिय स्वार्थ भनेको यो संविधानलाई जोगाउने हो। न दायाँ न बायाँ हाम्रो अगाडिको बाटो भनेको यही संविधान हो। यत्रो दुःख गरेर संविधान प्राप्त गरेर यहाँसम्म आइसकेपछि सबै खालकालाई आज निर्वाचन पद्धतिभन्दा कुनै बाटो छैन भनेर हतियार बोकेको माओवादीलाई यहाँ ल्याइसकेर, हिजो हामीले नै उठाएका विचारहरुलाई सुत्रबद्ध गरेर यहाँसम्म ल्याइसके पछाडी आजको दिनमा राष्ट्रिय मेलमिलापको केन्द्रीय स्वार्थ भनेको यो संविधानलाई जोगाउने हो। यो संविधानको सार्थक कार्यान्वयन गर्ने हो। 

प्रकाशित: १६ पुस २०७५ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App