coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली र दाहाल पाइलट रहेको नेकपाको जहाज दुर्घटनामा पर्छ : गगन

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य मान्यता नरहेको टिप्पणी गरेका छन्। ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमवार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।  

नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ। दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन। अर्काे पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले भने, ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन। दुइटा पाइलट हुनुहुन्छ, एउटालाई संघीयता मन पर्दैन र अर्काेलाई लोकतन्त्र मन पर्दैन। उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यो भने यो प्लेन दुर्घटनामा पर्छ।’ 

संघीय लोकतान्त्रिक गणतन्त्र चलाउने जिम्मा लिएर बसेको शक्ति बरालिएको बेलामा कांग्रेस चनाखो बन्नुपर्ने उनको भनाई छ। ‘अब कांग्रेसको जिम्मा हो’, उनले भने। 

उनले आज नेपाली युवा आफ्नो प्रधानमन्त्री देखेर निराश भएको दाबी गरे। ‘हामी मेलमिलाप दिवस मनाउँदै गर्दा नेपाली नागरिकको एउटा ठूलो पंक्ति आज आफ्नो प्रधानमन्त्रीलाई देखेर निराश छ’, उनले भने, ‘आज त्यही दिन हो जुन दिन प्रधानमन्त्रीले सबैलाई पानीजहाज चढ्नका निम्ति निम्तो गर्नुभएको थियो। यो उडाउने, हास्ने, हल्का विषय मात्र होइन, आज देशको सम्पूर्ण नागरिकलाई शंका लागिरहेको छ, मेरो देशको प्रधानमन्त्रीसँग सांसदको तागत छ, तर देश चलाउने क्षमता छ कि छैन भनेर? सरकार बरालिए पनि प्रतिपक्षी छ भनेर हामीले हौसला दिने बेला आयो।’  

प्रकाशित: १६ पुस २०७५ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App