coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कादर खानको निधन हल्ला मात्रै, छोराले दिए प्रष्टिकरण

मुम्बई– बलिउडका वरिष्ठ अभिनेता कादर खानको निधनको हल्ला फैलिएपछि उनको परिवारले आपत्ति जनाएको छ। 

भारतको सरकारी समाचार एजेन्सी पिटिआईसँग कुरा गर्दै कादरका छोरा सरफारजले आफ्ना पिताको क्यानडामा उपचार भइरहेको प्रष्ट पार्दै निधनको खबरप्रति आपत्ति जनाएका छन्। ‘यो खबर झुट र अफवाहले भरिएको छ, मेरा पिता अस्पतालमा उपचाररत हुनुहुन्छ’, उनले भने। 

कादरलाई स्वासप्रश्वासमा समस्या छ। चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छन्। बलिउड सेलिब्रेटीले कादरको स्वास्थ्यलाभको कामना गरिरहेका छन्। 

प्रकाशित: १६ पुस २०७५ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App