coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय क्रिकेट सिरिजः युएईसँग खेल्ने नेपाली टोलीको घोषणा

फाइल तस्बिर

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। छनोट समितिले सोमवार २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो।

छनोट गरिएको टिमको कप्तानमा पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। सदस्यहरुमा शरद भेषवाकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन्। त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण छनोट भएका छन्।

नेपाली टिमले युएईसँग तीन खेलको एक दिवसीय सिरिजका साथै तीन खेलकै टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने कार्यतालिका छ। ज्सअनुसार एक दिवसीय खेल जनवरी २५, २६ र २८ तारिखमा हुनेछ भने टि–ट्वान्टी सिरिज जनवरी ३१, फेब्रअरी १ र ३ मा हुनेछ।

प्रकाशित: १६ पुस २०७५ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App