coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

इभसँगै नयाँ वर्षको रौनक

कोटेश्वरका रोमहर्ष वली अंग्रेजी नयाँ वर्ष मनाउन निकै उत्साहित छन्। न्यु इयर इभ (नयाँ वर्षको अघिल्लो दिन) भने साथीहरूसँगै मनाउने योजना रहेको उनी सुनाउँछन्। ‘आउने अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंबाहिर जाँदैछौं। तर, इभ भने यही मनाउँछु,’ उनले भने। 

इन्जिनियरिङ कलेजमा अध्यापन गराउने उनी बेलामौकामा साथीभाइसँग रमाइलो गर्ने बताउँछन्। ‘साथीहरू रेष्टुराँमा बसरे यसपालिको अंग्रेजी नयाँ वर्ष मनाउने योजना छ,’ उनी भन्छन्। 

पाटनका रमन अर्याल पनि नयाँ वर्ष भव्य तरिकाले मनाउने योजनामा छन्। ‘रंगीचंगी बत्तीको उज्यालोमा साथीहरूसँग रमाइलो त गर्नै पर्‍यो नि,’ उनी भन्छन्। फाइन आर्टका विद्यार्थी उनी सन् २०१९ मा मनाउन ठमेल जाने योजनामा रहेको बताए। ‘अघि–पछि साथीभाइ भेट्न नै पाइँदैन, त्यसैले यस्तै मौकामा साथीभाइसँग रमाइलो गरिन्छ,’ उनले भने, ‘यसपालीको नयाँ वर्ष मनाउन विदेशबाट साथी पनि आउँदैछ, त्यसैले म निकै उत्सुक छु।’ 

पछिल्लो समय नेपाली युवापुस्ताले पनि अंग्रेजी नयाँ वर्ष भव्यताका साथ मनाइरहेको देखिन्छ। यो अवसरमा रेस्टुराँमा खानपान गर्ने, नाचगान गर्ने र नयाँ ठाउँ घुम्न जाने ट्रेन्ड बढेको जानकार बताउँछन्।

पछिल्लो समय नेपाली युवापुस्ताले पनि अंग्रेजी नयाँ वर्ष भव्यताका साथ मनाइरहेको देखिन्छ। यो अवसरमा रेस्टुराँमा खानपान गर्ने, नाचगान गर्ने र नयाँ ठाउँ घुम्न जाने ट्रेन्ड बढेको जानकार बताउँछन्। उनीहरूका अनुसार पछिल्लो समय युवापुस्तामा पश्चिमे संस्कृतिप्रतिको आकर्षण बढेको छ। 

पुल्चोककी प्रितीका नन्दनी थापा एक प्राइभेट कम्पनीमा कार्यरत छिन्। ‘न्यु इयर इभमा साथीसँग भेटघाट र नाचगान गर्ने योजना छ,’ उनले सुनाइन्। अघिल्लो नयाँ वर्षमा ठमेल पुगेको उनी सम्झिन्छिन्। ‘यसपालीको न्यु इयरमा भने सानेपास्थित लाइभ म्युजिकमा जाने योजना छ,’ उनले भनिन्।

यसले मस्तिस्कलाई आराम हुने उनको विश्वास छ। ‘यो काम र पढाइबाट अल्झिएको जीवनलाई इन्जोय गर्ने बहाना पनि हो,’ उनले भनिन्।  र अन्य कामले अल्झिएको जीवन रिल्याक्स्  र इन्जोय गर्ने बहाना पनि हो’ उनले भनिन्।
पछिल्लो समय रात्री जीवनमा रमाउनेको लहर निकै बढ्दो देखिन्छ। जानकारहरूका अनुसार सहरीया युवाहरू डिस्को, क्लब, बारमा गएर रमाइलो गर्छन्। उनीहरूको रमाइलो गर्ने तरिकामा फरकपन आएको उनीहरूको भनाइ छ। ३५ वर्षसम्मका युवा लाइभ म्युजिक र डिस्कोमा जाने गरेको जानकार बताउँछन्। 

यी उत्सव सम्बन्ध निकट बनाउने अवसर भएको बताउँछिन्, आस्था राना। ‘हामी सबै आ–आफनो काममा हुन्छौं। त्यसैले यो पुराना साथीहरू भेट गर्ने अवसर पनि हो,’ उनले भनिन्। 

इच्छा र रुचि अनुसार इभ मनाउनुपर्ने उनको भनाइ छ। अरुको देखासेखी गरे समस्या देखिन सक्ने भएकाले गर्न नहुने उनको सुझाव छ। राति मनाइने भएकाले इभ मनपरेको उनले सुनाइन्। ‘मलाई खासमा सहरको रात्रि जीवन निकै रमाइलो लाग्छ,’ उनी भन्छिन्, ‘डिस्को लाइटमा इन्जोए गर्नेहरूको जमात भेटिने र कसैलाई कसैको मतलव नहुने भएकाले रात्रि जीवन मनपर्छ।’ 

 

प्रकाशित: १६ पुस २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App