७ वैशाख २०८१ शुक्रबार
खेल

एन्फा निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं- पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रकृया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश दिएको छ।

एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले दिएको रिटमाथि शुक्रबार न्यायधिश प्रेमराज कार्कीको एकल इजालसले यस्तो आदेश गरेको हो। उच्च अदालतले मुद्धका दुवै पक्षलाई कात्तिक ५ गते अन्तरिम आदेशबारे छलफल गर्नका लागि उपस्थित हुन आदेश दिएको छ।

एन्फा निर्वाचन कमिटीले कात्तिक ८ गते रिक्त अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन मिती तोकेको थियो। तत्कालिन अध्यक्ष गणेश थापालाई फुटबलको सर्वोच्च निकाय फिफाले आर्थिक अनियमितता गरेको आरोपमा १० वर्षे प्रतिबन्ध लगाएपछि अध्यक्षको पद रिक्त रहेको थियो। त्यस्तै उपाध्यक्ष तथा तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उपाध्यक्ष पदि पनि रिक्त थियो।

 

 

 

 

 

 

प्रकाशित: १५ आश्विन २०७३ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App