coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

खानेपानी संस्थानका कर्मचारी आन्दोलित

नेपाल खानेपानी संस्थानका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । खानेपानी मन्त्रालयले माग पूरा गर्न बेवास्ता गरेको भन्दै उनीहरू ४३ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् । 

नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले कर्मचारी युनियनले संस्थानलाई सक्षम र सुदृढीकरण गरिनुपर्ने, सञ्चालक समितिको अध्यक्ष नियुक्ति गरिनुपर्ने, उपभोक्तामैत्री तथा प्रतिष्पर्धी संस्थान बनाउनुपर्ने, २०६६ साल देखिको विज्ञापन सर्वोच्च अदालतको निर्णयअनुसार हुनुपर्ने, कर्मचारीको आन्तरिक वृद्धि विकास, संस्थानमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको रोजगारी ग्यारेन्टी गरिनुपर्ने लगायत माग राखेर आन्दोलनमा उत्रिएको बताए ।

‘खानेपानी मन्त्रालयको चरम लापरवाहीले कर्मचारी आन्दोलित हुनुपरेको हो,’ महासचिव धमलाले भने, ‘सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहँदा कर्मचारीले साउनदेखि तलव समेत पाएका छैनन् । त्यसैले तत्कालै अध्यक्ष नियुक्ति गरियोस् ।’  संयुक्त कर्मचारी संघर्ष समितिले मंसिर २ गतेदेखि प्रधान कार्यालय तथा संस्थानको २४ शाखा कार्यालयमा संस्थानमा क्रियाशील चार वटै युनियनले धर्ना दिँदै आएका छन् । कर्मचारीले खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्षको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् । 

 

प्रकाशित: १६ पुस २०७५ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App