७ वैशाख २०८१ शुक्रबार
प्रवास

अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण

अष्ट्रेलिया - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यतिबेला अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण दिइरहेका छन्। शैक्षिक परामर्श तथा आप्रवासन सम्बन्धि संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा भएको क्रिकेट मेलामा खड्काले प्रशिक्षण दिएका हुन्।

कप्तान खड्काले मेलामा सहभागी हुने क्रिकेट प्रेमीहरुलाई प्रशिक्षण दिएका हुन्। प्रशिक्षणमा कप्तान खड्कासहित राष्ट्रिय टिमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतमको पनि सहभागिता छ। कप्तान खड्का सहितको टिमले अष्ट्रेलियाका चार वटा सहरमा प्रशिक्षण दिनेछन्। जसमध्ये मेलवर्नमा प्रशिक्षण सकिएको छ। आगामी प्रशिक्षण पौष २१ र २२ गतेमा सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडिलेडमा हुँदैछ। 'नेपाली क्रिकेट प्रवर्द्धनमा सँगसँगै' नारालाई व्यवहारिक कार्यान्वयनको लागि मेला आयोजना गरेको एक्सपर्ट एजुकेशनका जनसम्पर्क व्यवस्थापक सुनोद श्रेष्ठले बताए। 'नेपाली क्रिकेटको प्रर्वद्धनमा एक्सपर्ट एजुकेशनको संस्थागत क्रियाशलिता जारी छ। हामी क्रिकेटको प्रर्वद्धनका लागि अझै रचनात्मक कार्यक्रमहरु आगामी दिनमा सार्वजनिक गर्नेछौँ,' सुनोदले भने। एक्सपर्ट क्रिकेट क्लब मेल्वर्न, सिड्नी , ब्रिसवेन र एडिलेडबीच सिड्नीमा प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीले आगामी संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजबाट खेल्ने अवसर पाउने एक्सपर्ट एजुकेशनका निर्देशन संजिव शर्माले जानकारी दिए। 'हामी क्षमतावान खेलाडीको लागि अवसर पनि सिर्जना गर्छौं,' शर्माले भने। कप्तान पारस खड्काले अवसर सिर्जना भए नेपालबाट थुप्रै 'सन्दीप लामिछाने'आउने बताए। 'हामीसँग प्रतिभाको कुनै कमी छैन। अवसर पाए थुप्रै सन्दीपहरु अघि आउनेछन्,' उनले भने।

प्रकाशित: १६ पुस २०७५ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App