८ वैशाख २०८१ शनिबार
समाज

नेपाल-अंग्रेज युद्धमा प्रयोग भएका हतियार भेटिए

रौतहट- अत्यन्त पुरानो खिया लागेको करिब ‘४ फिट ’ लामो हतियार हेर्न यति खेर रौतहटको समनपुरमा स्थानीयको भिड लागेको छ। झण्डै दुई सय बर्ष अघि नेपाल अंग्रेजबीच युद्ध भएको बेला ब्रीटिस फौजलाई धपाउनको लागि तकालिन नेपाली सेनासँगै मिलेर स्थानीयले प्रयोग गरेको हतियार भेटिएको हो।

ब्रीटिस साम्राज्य फैलाउने क्रममा तत्कालीन अंग्रेज साम्राज्यले नेपाल माथि आक्रमण गरेको थियो। सन् १८१४/१८१६ मा सो आक्रमणलाई निस्तेज पार्न तत्कालीन नेपाली सेना र रौतहटको समनपुरका स्थानीयहरु मिलेर यिनै हतियार प्रयोग गरी अंग्रेजलाई परास्त गरेर आफनो भूमीलाई सुरक्षित बनाएका थिए।

सन् १८१४ डिसेम्बर ३१ तारिख र १ जनवरी १८१५को मध्यरातमा अंग्रेज सेनाले समनपुर मै सेल्टर बनाएर नयाँ वर्ष मनाउँदै गरेको अवस्थामा तत्कालीन सेनासँगै स्थानीयबासीहरुले आक्रमण गरी अंग्रेजी फौजतर्फका कप्तान ब्याँकी तथा लेप्टिनेन्ट डडकन समेतका अंग्रेज सेना मारेरे अंग्रेज सेनाले प्रयोग गरेको तोपसमेत नियन्त्रणमा लिएका थिए।

करिब २०४ बर्ष पहिले पोखरीमा फालेको तरबार स्थानीय फकिरा राउतकी श्रीमति ९९ वर्षकी पिरितियादेवी फेला परेकी हुन्। पिरितिया कै घर अगाडि रहेको ऐतिहासिक पोखरीमा फालिएको तरबार उनका ससुरा हजुरबाले यस्ता अन्य साना हतियारहरु पनि पोखरीबाटै फेला पारेपनि संरक्षण अभावमा विभिन्न सयमा उक्त हतियारहरु हराएको दावी गर्छिन्। 

पिरितियादेवीले हतियार भेटाएपछि गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले उनलाई पुरस्कार स्वरुप दुई हजार रुपैयाँ प्रदान गरी तरवार समरक्षणका लागि नगरपालिकाले आफ्नो जिम्मामा राखेको बताए।

यता नेपाली सेनाको इन्द्र बक्स गण रौतहट पुरेन्वाको टोलीले समनपुरमा रहेको ऐतिहासिक स्तम्भ र पोखरीको अवलोकन तथा भ्रमण गरी सम्भाव्य अध्ययन सुरु गरेको छ। नेपाली सेनाको इतिहासमा समनपुरको स्थान महत्वपूर्ण रहेको बताइन्छ।

अंग्रेजहरुलाई लखेट्दै भारत बिहारको वैशाली जिल्लाको सदरमुकाम हाजीपुरको कौनहारा घाटसम्म पुर्याएका थिए। उक्त स्थान हाल भारतको विहार भएपनि तत्कालिन समयमा गंगा वारीसम्म नेपाली भू भाग रहेको थियो।

प्रकाशित: १६ पुस २०७५ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App