coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हात्ती पोलोमा सेभेन स्टारलाई उपाधि

१५ औं चितवन हात्ती महोत्सवअन्तर्गत भएको हात्ती पोलोको प्रतिस्पर्धा।  तस्बिरः नागरिक

चितवन - १५औं चितवन हात्ती महोत्सवमा हात्ती पोलोको उपाधि सेभेन स्टार होटेलले जितेको छ।  आइतबार भएको फाइनलमा एमई ट्राभल्सलाई ५–३ ले हराउँदै सेभेन स्टार विजयी भएको हो। सेभेन स्टारका लागि विनोद चौधरीले चार र श्रीराम सिलवाले एक गोल गरेका थिए। एमई ट्राभल्सका लागि रञ्जन भण्डारीले २ र चन्द्र तामाङले एक गोल गरेका थिए। 

छावाहरूको फुटबल उपाधि भने एनआइसी एसिया बैंकले जितेको छ। आइतबार भएको अन्तिम प्रतिस्पर्धामा सीजी फुड्सलाई ६–२ ले हराउँदै एनआइसी एसियाले उपाधि जितेको हो। एनआइसी एसियाका लागि छावा सौराहा गजले ३ र तेज गजले ३ गोल गरेका थिए। सिजी फुड्सको तर्फबाट रिमझिमकली र माडी गजले एक/एक गोल गरेका थिए।  हात्ती पोलो र फुटबल प्रतियोगितामा चार÷चार  समूहले सहभागिता जनाएका थिए। महोत्सवमा हात्ती सुन्दरी उपाधि जितेकी बिजुलीकली हात्ती फास्ट वाक प्रतिस्पर्धामा पनि विजयी भइन्। १५ वटा हात्तीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा लक्की कली दोस्रो र बम्बोज कली तेस्रो भए। 

छैटौं हात्ती महोत्सवदेखि महोत्सवमा छावा फुटबललाई समावेश गरिएको क्षेत्रीय होटेल संघ नेपाल, चितवनका अध्यक्ष एवं महोत्सवका संयोजक सुमन घिमिरेले जानकारी दिए। महोत्सवमा हात्ती पोलो भने तेस्रो पटक भएको उनले बताए। महोत्सव आइतबार सकिएको छ। यस पटकको महोत्सवमा हात्तीको वनभोज, फास्ट वाक प्रतियोगिता, छावाहरूको फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको बाथिङ समावेश गरिएको थियो। 

साहित्यमार्फत पर्यटन प्रवद्र्धन गर्न महोत्सवमा कवि गोष्ठीसमेत  गरिएको थियो। गोष्ठीमा देशभरका १७ जना कवि सहभागी भए। कविहरूले सौराहा, पर्यटन, संरक्षणलाई विषयवस्तु बनाएर रचना वाचन गरेका थिए। वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनको निम्ति महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक घिमिरे बताउँछन्। चितवनको पर्यटनलाई चिनाएको हात्तीलाई केन्द्रित गरेर महोत्सवको आयोजना गर्न थालिएको अध्यक्ष घिमिरेले बताए।

प्रकाशित: १६ पुस २०७५ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App