७ वैशाख २०८१ शुक्रबार
प्रवास

१२  बुँदे घोषणापत्र जारी गर्दै एनआरएन अफ्रिका क्षेत्रीय बैठक सम्पन्न

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा  आइतवार सम्पन्न भएकाे छ।  दुई दिन सम्म चलेको बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो।

बैठकलाई उच्च प्राथमिकता दिदैं उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्ट्रपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्ट्रिक कमिस्नर श्रीमति हाइट हावा नामुजेनीको उपस्थिति समेत रहेकाे थियो। कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारका विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा प्रस्तुती रह्यो। बैठकमा गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, अध्यक्ष भवन भट्ट लगायतको उपस्थिती थियो। सम्मेलनले १२ बुँदे कम्पाला घोषणापत्र जारी गरेको छ।

प्रकाशित: १५ पुस २०७५ १५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App