७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालमा चलाइएको धर्म परिवर्तनलाई रोक्नुपर्छ : गगन थापा

चितवन- नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा परापूर्वकालदेखि चली आएका धर्मको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको तमू ल्होछार कार्यक्रममा बोल्दै उनले नेपालमा चलाइएको धर्म परिवर्तनलाई रोक्नुपर्ने बताए। नेता थापाले नेपालको पहिचान हिन्दू, बुद्ध, किराँती लगायतका मौलिक धर्म रहेको बताउँदै धर्म व्यक्तिको निजी आस्थाको कुरा रहेकाले राज्यले सबै धर्मको रक्षा गर्नुपर्ने बताए।

आयोजक समितिका संयोजक गणेशबहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आदिवासी जनजाति महासङ्घ चितवनका सचिव महेन्द्र दुरा र परिषद् चितवनका उपाध्यक्ष विमला गुरुङले पनि बोलेका थिए। 

प्रकाशित: १५ पुस २०७५ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App