coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किसान महतोको हत्या आरोपमा थप २ पक्राउ

महोत्तरी - औरही नगरपालिका २ फुलवरियाका ४०वर्षीय किसान बेचु महतोको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

औरही नगरपालिका २ फुलबरिया घर भएका २४ वर्षीय मंजित सदा र २५ वर्षीय सुनिल सदालाई किसान महतोको हत्यामा संलग्न आरोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए। दुवै जनालाई गौशाला नगरपालिका २ निगौल स्थित आर बि आर ईटा भट्टामा लुकेर बसेकोे अवस्थामा पक्राउ गरिएको उनले बताए।

यसअघि किसान महतोको हत्या घटनामा संलग्न रहेको आरोपमा औरही नगरपालिका २ फुलवरियाका २२ वर्षीय जितनी देवी महतो, सोहि ठाउँका २४ वर्षीय शुशिल सहनी र सोहि नगरपालिकाको चेपकट गाउँ बस्ने अनिल कुमार ठाकुर पक्राउ परिसकेका छन्। किसान महतोको हत्या अनैतिक सम्बन्धको पोल खुल्ने डरले भएको रहस्य प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

प्रकाशित: १५ पुस २०७५ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App