७ वैशाख २०८१ शुक्रबार
समाज

अष्ट्रेलियामा नेपाली युवक मृत फेला

काठमाडौं– १० वर्षे अपाङ्गता भएको बालकको हेरचाह गरिरहेका एक नेपाली नर्सको शव शनिवार एडिलेइड समुन्दी किनारमा फेला परेको छ।

अष्ट्रेलियन सञ्चारमाध्यमका अनुसार गत विहीवारदेखि हराइरहेका २२ वर्षीय नेपाली युवा निश्चल घिमिरे नाङ्गै डुबेको अवस्थामा फेला परेका हुन। उनी बस्दै आएका घरमा सोधपुछ गर्दा उनी विहीवार दिउँसो १२ः३० बजे निस्केका थिए।

घिमिरे पौडी खेल्न जान्दैनथे। उनलाई विहीवार साँझ ४ बजे बालकसँगै देखिएको ग्लेनेङमा बीचमा समेत खोजी गरिएको थियो। शनिवार राती दक्षिण अष्ट्रेलियन प्रहरीले घिमिरेको शव बोट ¥याम्प पश्चिमी बीच एडिलेइड विमानस्थल नजिकै फेला परेको थियो।

घिमिरेका साथीहरुले समुद्री किनारमा जम्मा भएर हिजोसम्म जिवितै फेला पार्ने झिनो आशका साथ खोजी गरिए पनि नभेटिएको बताएका छन्। सन् २०१६ मा नेपालबाट एडिलेइड आएका घिमिरेले हालसालै नर्सिङगमा डिप्लोमा सकाएका थिए। उनका कोही पनि परिवारका सदस्य अष्ट्रेलियामा नरहेको र भोलिसम्ममा घिमिरेका भाई आइपुग्ने प्रहरी अधिकारीले बताएका छन्। 

घिमिरेका साथी प्रदिप खत्रीले उनी किन दैनिक रुपमा समुद्री किनारामा गइरहन्छन भन्ने कुरा बुझ्न नसकिएको बताउँदै सायद बालकलाई कुनै समस्या परेर बचाउन गएको हुनुपर्ने र यो रहस्यमय रहेको बताए। 

प्रहरीका अनुसार घिमिरेको शव फेला परेको स्थानमा कुनै पनि शंकास्पद वस्तु भेटिएको छैन्। साथै बालक बोल्न नसक्ने भएकाले उनबाट कुनै पनि सूचना निकाल्न नसकिएको प्रहरी अधिकारीहरुले जनाएका छन्। मृत्युको कारणवारे अनुसन्धान जारी रहेको अष्ट्रेलियन प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ पुस २०७५ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App