७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिसँग छलफल गर्न तयार छाैं : राष्ट्रपति पुटिन

काठमाडाैं - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख मुद्दाहरुका विषयमा आफु छलफल गर्न तयार रहेको बताएका छन्। नयाँ वर्ष २०१९ का अवसरमा ट्रम्पलाई एक शुभकामना सन्देश पठाउँदै पुटिनले मस्को दुई देशबीच रहेका तथा विश्व समुदायका जल्दाबल्दा हरेक मुद्दा बारे छलफल गर्न तयार रहेको बताएका छन्।

यस्तै नयाँ वर्षकै अवसरमा सिरीयाका राष्ट्रपति बसर अल असदलाई समेत  शुभकामना सन्देश पठाउँदै पुटिनले आतंकवाद विरुद्धको लडाइमा सिरियालाई सधै हरेक क्षेत्रबाट आफु सहयोग गर्न तयार रहेको बताएका छन्। यस्तै पुटिनले जापान र बेलायतका प्रधानमन्त्री तथा चीनका राष्ट्रपति समेतलाई शुभकामना सन्देश व्यक्त गरेका छन्।  

 

प्रकाशित: १५ पुस २०७५ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App