८ वैशाख २०८१ शनिबार
खेल

स्वर्ण विजेता महर्जनलाई दाहालको बधाई

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन्। 

महर्जनलाई खुमलटार बोलाएरै अध्यक्ष दाहालले आइतवार विहान देशको गौरव बढाएको भन्दै बधाई ज्ञापन गरेका हुन्। महर्जनले शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा संवरण पदक जितेका थिए।  

भेटमा अध्यक्ष दाहालले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकोमा बधाई दिए। ‘तपाईले उत्कृष्ट कौशल देखाउनु भयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ’, दाहालले भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाईको प्रस्तुतिले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ।’ 

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीको ठूलो भूमिका रहने समेत बताए। राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्दै उनले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने समेत बताए।

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते पनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताएका थिए।

जवाफमा अध्यक्ष दाहालले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने समेत प्रतिबद्धता जनाए।  

प्रकाशित: १५ पुस २०७५ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App