coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जडिबुटीबाट खुकुरी र चाईनिज पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको जडिबुटीबाट प्रहरीले खुकुरी र चाईनिज पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुन प्रसाद अधिकारी, धादिङकै केदार अधिकारी र काभ्रे स्थायी घर भएका अञ्जन उप्रेती रहेका छन्।

विशेष सूचनाको आधारमा उक्त क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र समेत फेला परेको छ। पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन,  ३ राउण्ड गोली र ६ थान घरेलु हतियार (खुकुरी)  बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ पुस २०७५ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App