coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश राणाद्वारा कार्ययोजना प्रस्तुत, सुनुवाई जारी

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले संसदीय सुनुवाई विशेष समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। 

सुनुवाइमा उपस्थित राणाले आफ्नो १५ पेज लामो कार्ययोजना सुनाएका हुन्। राणाको कार्ययोजना प्रस्तुतपछि सांसदहरुले प्रश्न राखिरहेका छन्। उनीहरुले उजुरीकर्ताले सोधेकै प्रश्न दोहोर्याएका छन्।

छपकैया पोखरी, प्रेरणा सिंहको मुद्दा लगायतका प्रश्न सांसदले उठाएका छन्। सांसदहरु शिवकुमार मण्डल, जितेन्द्र देव, राजेन्द्र श्रेष्ठ, अमृता थापाले प्रश्न राखेका छन। सुनुवाइ जारी छ।

......

काठमाडौं– नयाँ प्रधानन्यायाधीशको टुंगो लगाउन संसदीय सुनुवाई विशेष समितिको बैठक बसिरहेको छ। 

सिंहदरवारस्थित संसद सचिवालयमा जारी बैठकमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई हुनेछ। सुनुवाइको लागि राणा बैठकमा उपस्थित भएका छन्। उनले त्यहाँ आफ्नो भावी कार्ययोजना र उजुरीबारे जवाफ दिने छन्।

राणाका विरुद्ध समितिमा ९ वटा उजुरी परेका छन्। सुनुवाईमा राणाले आफूविरुद्ध परेका उजुरीको जवाफ दिने र त्यसका आधारमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गरिनेछ। समितिले यसअघि शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ।

राणालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिले अनुमोदन गरेमा राणालाई सपथको बाटो खुल्ने छ। 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १८ मा सेवाबाट अवकाश लिँदैछन्।

प्रकाशित: १५ पुस २०७५ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App