८ वैशाख २०८१ शनिबार
खेल

शिवरामको टिम विजेता

प्रो.एम स्पर्धा विजेता शिवराम श्रेष्ठको टिम। तस्बिर : रोहित राई

धरान - नेपालका नम्बर वान प्रोफेसनल गल्फर शिवराम श्रेष्ठको टिम सूर्य नेपाल इस्टर्न ओपनअन्र्तगत प्रो एम स्पर्धाको विजेता भएको छ। शनिबार निर्वाणा कन्ट्री क्लब गल्फ कोर्समा सम्पन्न भएको प्रो एम स्पर्धामा कुल १ सय ५२ स्कोरका साथ शिवरामको टिम विजेता बनेको हो। खेलमा शिवरामले ३७ स्कोर गरेका थिए भने उनको टिमका एमेच्योर गल्फर समीर आचार्यले ४२, रीतेश तामाङले ३७ र टेकबहादुर राईले ३६ स्कोर गरेका थिए।

यसै गरी, स्पर्धामा १ सय ४१ स्कोर गरेको प्रोफेस्नल गल्फर शिवकुमार माझीको टिम उपविजेता भयो। उनले ३६ स्कोर गरेका थिए भने टिमका एमेच्योरहरू बी.एम.सुनुवारले ३६, बविन्द्र राईले ३५ र राजेश राईले ३४ स्कोर खेलेका थिए। यसै गरी, प्रोफेसनल दीपक मगरको टिमले १ सय ३६ स्कोरका साथ तेस्रो भयो। उनले ३५ स्कोर गर्दा बम लिम्बुले ३५, विरेन लिम्बुले ३४ र नोर्किन पाख्रिनले ३३ स्कोर गरेका थिए।

सो स्पर्धामा क्लोजेस्ट टु दी पिनको पुरस्कार १७औं होलमा सुमन बस्ताकोटीले जिते भने लंगेस्ट ड्राइभको पुरस्कार १८आैँ होलमा रीतेश तामाङले जिते। ३६ प्रतिस्पर्धीमध्ये  ९ जना प्रोफेसनल थिए। विजेता खेलाडीलाई नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियार, धरान वडा नं १८ का अध्यक्ष प्रवीण राई, सुनसरी गल्फ संघका अध्यक्ष डिबी राईलगायतले ट्रफी वितरण गरेका थिए। इस्टर्न ओपनको मुख्य स्पर्धा भने शुक्रबार सम्पन्न भएको थियो। जसमा धराने युवा एमेच्योर खेलाडी शुक्रबहादुर राईले ओभरअल विजेता हँुदै प्रोफेसनलको ट्रफी पनि जितेका थिए।

प्रकाशित: १५ पुस २०७५ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App