८ वैशाख २०८१ शनिबार
समाज

मुसहर बस्तीमा न्याना कपडा वितरण

सर्लाही – अत्यन्त विपन्न मुसहर बस्तीमा शनिबार ब्लान्केट तथा न्याना कपडा वितरण गरिएको छ। जाडोमा कष्टकर दैनिकी गुजार्दै आएका जिल्लाको दक्षिणी भेगमा पर्ने चक्रघट्टा गाउँपालिका–७ पटेर्वाको मुसहर बस्तीमा शनिबार तत्कालीन नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले ब्लांकेट र न्याना कपडा वितरण गरेको हो।

अनेरास्ववियुका केन्द्रीय सचिव एवं प्रदेश २ इन्चार्ज आरती लामाले ४० मुसहर परिवारलाई जाडोबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले एक/एक थान ब्लांकेट तथा बालबालिकाका लागि न्यानो कपडा वितरण गरिएको बताइन्।

जाडोे बढेपछि मुसहर परिवारले पराल ओछ्याएर रात कटाउने गरेका थिए। आगो ताप्ने दाउरा र न्यानो कपडा नहुँदा आफूहरूले जाडोयाममा निकै कष्ट भोगिरहेका बेला न्यानो कपडा पाएपछि निकै राहत पुग्ने स्थानीय इन्दल माझीले बताए।

प्रवासी मञ्च अमेरिकाको सहयोगमा चक्रघट्टाका पटेर्वा, बेल्ही, हरिवन नगरपालिकाको घुर्कौलीमा चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृह र लालबन्दी नगरपालिकाको पत्थरकोटमा एक सय ७३ थान ब्लांकेट र केही न्यानो कपडा वितरण गरिएको लामाले जानकारी दिइन्।

प्रकाशित: १५ पुस २०७५ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App